१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासका लागि योजना बनाउन कर्मचारीलाई मन्त्री अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको बुधबार अनुगमन गरेकी छन् । मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका विषयको अनुगमन गर्ने निकाय भएकाले विभागसँग स्वस्थ जीवनलाई प्रभाव पार्ने कार्यको जिम्मेवारी रहको उल्लेख गर्दै उनले खाद्यवस्तुको गुणस्तर परीक्षण र नियमनको कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘अहिलेको अनुगमन, निरीक्षण, ल्याब परीक्षणको यति कार्यले मात्र हुँदैन, अब घुम्ती टोलीमार्फत नियमितरुपमा अनुगमन कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘तपाईंहरु योजनासहित अगाडि बढ्नुस्, यसलाई अभियानकै रुपमा हामीले अगाडि बढाउनुपर्छ ।’

मन्त्री अर्यालले क्षमता विकास तथा सेवा केन्द्र थप्नुपर्ने आवश्यकता भएमा त्योसहितका योजना बनाउनसमेत कर्मचारीलाई निर्देशन दिएकी छन् । नीति, नियम, ऐन निर्माण गर्नुपर्ने क्षेत्रमा केही अपडेट गर्नुपर्ने भएमा त्यसमा समेत छलफल अगाडि बढाउन उनले आग्रह गरेकी हुन् । प्रवर्द्धनात्मक कार्यमा आवश्यक पर्ने कार्यमा ध्यान दिनसमेत मन्त्री अर्यालले आग्रह गरिन् ।

‘उपलब्ध स्रोत साधनले जति कार्य गर्नुभएको छ, त्यो राम्रो गर्नुभएको छ, अब यतिले मात्र आवश्यकता पूरा हुँदैन, यसलाई बढाउनुपर्छ’, मन्त्री अर्यालले भनिन्, ‘आजभन्दा भोलि कसरी अझ राम्रो गर्ने भन्ने ढङ्गले तपाईहरु अगाडि बढ्नुस् ।’ विभागका महानिर्देशक उपेन्द्र रायले खाद्य स्वच्छता कायम गर्न सबैले ध्यान दिइरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस