काठमाडौँ । देशभर अत्यधि चिसो लवृद्धि भएको छ । जल तथा मौसम पूवानुमान महाशाखाका अनुसार बदली, वर्षा र हिमपातका कारण चिसो बढीरहेको छ ।
पश्चिमी वायुको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात भइरहेको छ । पहाडी र तराईका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा र हिमपातले बढाएको चिसोले जनजीवन थप प्रभावित भएको छ ।
सबैभन्दा बढी वर्षा जुम्लास्थित केन्द्रमा रेकर्ड भएको छ । हिमाली भेगबाहेकका जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छैन । जोमसोम र मुस्ताङमा भने न्यूनतम तापक्रम माइनस ०.५ डिग्री सेल्सियस रेकर्ड भएको छ ।
मङ्गलबार देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान र बागमती तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने अनुमान छ ।
बुधबार पनि यिनै क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औँल्याएको छ । उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षा हुने भएकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।