१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रि वाणिज्य बैंकका सञ्चालक डा. कोइरालाले दिए राजीनामा

अ+ अ-

काठमाडौँ । राष्ट्रि वाणिज्य बैंकका सञ्चालक डा. उपेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति अध्यक्ष बन्न नपाएपछि कोइरालाले अर्थमन्त्रालयमा राजीनामा बुझाएका हुन् ।

बैंकको अध्यक्ष बनाउने तयारीका साथ सरकारले उनलाई सञ्चालक नियुक्त गरेको थियो । उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी भएका कारण अध्यक्ष बनाउन लागिएको भन्दै तीव्र आलोचना भएपछि उनी अध्यक्ष बन्न पाएनन् ।

अहिलेका अर्थमन्त्री विष्णु पौडेलको चाहनामा धनीराम शर्मा बैंक अध्यक्ष बनेपछि कोइरालाले राजीनामा दिएका हुन्। शर्माले यसअघि पनि पौडेलनिकट रहेर काम गर्दै आएका थिए।

‘जुन जिम्मेवारी दिनका लागि मलाई त्यहाँ लगिएको थियो, त्यो जिम्मेवारीको औचित्य सकिएपछि मैले राजीनामा पत्र बुझाएको हुँ’ कोइरालाले भने।

सञ्चालक समितिको सदस्यका लागि आफूले मरिहत्ते गरेको नभई आफ्नो क्षमता, कौशलता, व्यवस्थापकीय ज्ञानका कारण तत्कालीन अर्थमन्त्री खतिवडाले विश्वास गरेको उनले बताए। सञ्चालक समितिको सदस्य भएपछि आफू दुई पटक मात्रै वाणिज्य बैंकको केन्द्रीय कार्यालय गएको उनले बताए

अध्यक्षमा अर्थमन्त्रालयका सहसचिव शर्मा नियुक्त भएपछि असन्तुष्ट बनेका कोइरालाले अर्थमन्त्रीलाई सम्वोधन गर्दै राजीनामा बुझाएका छन् । अर्थमन्त्रालयका एक अधिकारीले दिएको जानकारी अनुसार उनको राजीनामा आजै स्वीकृत हुनेछ ।

प्रतिक्रिया दिनुहोस