काठमाडौँ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै नेकपाको प्रचण्ड–माधव समूहले आज देशैभर विजय जुलुस निकाल्ने भएको छ । संसद् पुनःस्थापन भएको खुसियालीमा विजय जुलुस निकाल्ने भएका हो ।
राजधानीको शान्तिबाटिकामा दिउँसो १२ बजे जुलुस निकालिनेछ । जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी हुने छन् ।
अहिले प्रचण्ड र माध दुवै चितवनमा छन् । उक्त समूहले आज चितवनमा आमसभा आयोजना गरेको थियो । मंगलबार चितवन पुगेका उनीहरु केहीबेरमा काठमाडौँ आउँदैछन् ।
सर्वोच्च अदालतले मंगलबार संसद् विघटन बदर गरी १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको थियो ।