१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७१ जिल्लामा युवा समितिको अध्यक्ष चयन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ७१ जिल्लामा जिल्ला युवा समितिका अध्यक्ष चयन गरेको छ । जिल्लास्तरमा युवाका क्षेत्रमा काम गर्न समन्वयका लागि समितिका अध्यक्ष चयन गरिएको हो । गत साउन ७ गते कार्यकाल सकिएपछि समिति रिक्त रहेको थियो ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जिल्लामा युवाका क्षेत्रमा काम गर्नका लागि ७१ जिल्लामा समितिको अध्यक्ष चयन गरिएको जानकारी दिए । सप्तरी, भक्तपुर, बर्दिया, मुगु, जुम्ला र बझाङ जिल्लामा यसअघि नै अध्यक्ष नियुक्त भएका थिए । उनले जिल्ला अध्यक्षले नै समितिलाई पूर्णता दिने बताए ।

समितिमा सात सदस्यीय रहेका हुन्छ । समितिको चार युवाका क्षेत्रमा काम गर्ने जिल्लास्थित सरकारी कार्यालयका प्रतिनिधि र तीन युवाका क्षेत्रमा काम गर्ने गैरसरकारी क्षेत्रका प्रतिनिधि रहने गर्दछ ।

सरकारले सङ्घसहित सातवटै प्रदेशमा युवा संरचना तयारी गरी काम गर्नका लागि प्रदेश युवा परिषद् गठन गर्न तयारी गरेको छ । अहिलेसम्म वाग्मती प्रदेशले मात्र परिषद् गठनको तयारीमा लागेको छ ।

परिषद्का उपाध्यक्ष ढुङ्गेलले ७५३ स्थानीय तहका वडामा पनि युवा समिति गठन गर्नका लागि ऐन ल्याउन लागिएको जानकारी दिए।

सरकारले २०७२ सालमा ‘युथ भिजन २०२५ ’को मर्म र भावनाअनुसार युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद् ऐन २०७२ जारी गरेको थियो । सोअनुसार २०७२ सालमा परिषद् गठन भएको हो ।

उनले युवा राष्ट्रिय अभियान र देश निर्माण प्रक्रियामा उनीहरूको सक्रिय सहभागिता र स्ववंसेवकीय भूमिकामार्फत समाज र देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न सकिन्छ भनेर परिषद् स्थापना गरिएको बताए ।

परिषद्ले युवाको नेतृत्व विकासदेखि स्वरोजगार बनाउने काम गर्दै आइरहेको छ । हाल नेपालमा कूल जनसङ्ख्याको ४०।३५ प्रतिशत युवाको जनसङ्ख्या (एक करोड सात लाख) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस