१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिण कोरियाका राष्ट्रपति जापानसँग वार्ताका लागि तयार

अ+ अ-

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय-इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका छन् ।

राष्ट्रपति मुनले दक्षिण कोरिया यी दुई देशबीचका कैयौँ ऐतिहासिक तथा व्यापारिक विषयमा वार्ता गर्न तयार रहेको बताएको समाचारमा उल्लेख गरिएको छ ।

‘‘हाम्रो सरकार जापानसँग कुनै पनि बेला वार्ताको टेबलमा बस्न तयार रहेको छ, मलाई लाग्छ सबै किसिमका असमझदारीहरु यो वार्ताबाट हट्न सक्नेछ’’ दक्षिण कोरियाका राष्ट्रपति मुनले भने ।

दक्षिण कोरियाको १०२ औँ स्वतन्त्रता दिवसका अवसरमा उनले राष्ट्रिय टेलिभिजनबाट गरेको सम्बोधनका क्रममा सो धारणा राखेका हुन् । आजकै दिन कोरियाली प्रायःद्वीप जापानी उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

राष्ट्रपति मुन जाय-इनले भने – मलाई यति विश्वास छ कि हामी दुवै देशले वार्ताको टेबलमा बसेर हाम्रा अनेक समस्याको समाधानमा प्रयास गर्यौँ भने आपसका हाम्रा असमझदारीहरु हट्नेछन् र हामी हरेक समस्याको समाधानका लागि तयार हुनेछौँ ।

दक्षिण कोरिया र जापानबीचको सम्बन्ध विगतका केही मुद्दाहरुका कारण राम्रो हुन सकेको छैन । जापानले कोरियाली महिलाहरुलाई यौनदाशीका रुपमा राख्नुका साथै अरु पनि केही ऐतिहासिक र व्यापारिक मुद्दाका कारण विगतदेखि नै यी दुई देशबीचमा असमझदारीहरु बढ्दै आएको छ ।

यी विषयहरुमा समय समयमा दक्षिण कोरिया र जापानले वार्ताका माध्यमबाट नै समस्या समाधानका प्रयास गरेको भए पनि त्यो सम्भव हुन सकेको छैन ।

पछिल्ला केही वर्षयता यी दुई देशबीचको कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको छ । त्यसैले दक्षिण कोरियाली राष्ट्रपति मुनले यो आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस