९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख सचिवले मानवअधिकारसहितको टोलीलाई गलहत्त्याएर कार्यकक्षबाट बाहिर निकालेपछि…

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले मानवअधिकार र नागरिक समाजको टोलीलाई कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकालेको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले जानकारी मागेको छ ।

सुर्खेतमा बादी समुदायले आवास, भूमि, शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत विभिन्न माग राखी धर्नामा बसेको विषयमा आयोगको नेपालगन्ज कार्यालय प्रमुख झंकरबहादुर रावलको नेतृत्वमा खटिई गएको अनुगमनको टोलीलाई प्रमुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले गालीगलौज र दुर्व्यवहार गर्दै सुरक्षाकर्मी बोलाई कार्यकक्षबाट गलहत्त्याइ बाहिर निकालिएको घटना सम्बन्धमा आयोगले यथार्थ विवरण उपलब्ध गराउन पत्राचार गरेको हो ।

‘नेपालको संविधान र प्रचलित कानुनले निर्दिष्ट गरेको दायित्व एवम् अधिकार अनुरूप अनुगमन गर्न आयोगको नेतृत्वमा खटिएको मानव अधिकारकर्मीहरूको टोलीमाथि भएको दुर्व्यवहार सम्बन्धमा यथार्थ विवरण तीन दिन भित्र उपलब्ध गराउन नेपालको संविधान र राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ बमोजिम माग गरिएको हो’ आयोगले भनेको छ ।

आयोगले बादी समुदायका मागहरू एवम् सो सम्बन्धमा प्रदेश सरकारबाट गरिएको पहलबारे छलफल तथा जानकारी लिन प्रमुख सचिवको कार्यालयमा गएको अनुगमन टोलीलाई ‘तपाईँहरूले मागेको जानकारी दिन आवश्यक छैन, हामीले जानकारी दिन तपाईँहरू आयुक्त हो र ?’ भनी आयोगको टोलीमाथि दुर्व्यवहार गरेको र प्रहरी सहायक निरीक्षक नरेन्द्र वि.सी.लाई आदेश दिई कार्यकक्षबाट बाहिर निकाल्ने प्रयास ग रेको भनी आयोगमा प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

सो घटनाबारे आयोगको कर्मचारी क्लबले पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘कर्णाली प्रदेशका प्रमुख  सचिव चन्द्रमान श्रेष्ठसँग जानकारी लिन कार्यकक्षमा पुगेको आयोगको टोलीको साथमा रहेको नागरिक समाज तथा मानवअधिकारकर्मीहरू समेतको उपस्थितिमा प्रमुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालसमेत भई गालीगलौज र दुर्व्यवहार गर्दै सुरक्षाकर्मीलाई बोलाई कार्यकक्षबाट गलहत्त्याइ बाहिर निकालिएको घटनाको सम्बन्धमा कर्मचारी क्लबको गम्भीर ध्यानाकर्षण भएको छ’ क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाबारे प्रमुख सचिव श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया दिनुहोस