२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी कर्मचारीको मिलेमतोमा जग्गा कीर्ते गरी बिक्री, नौ जना पक्राउ

अ+ अ-

काठमाडौँ । तपाईँले भविष्यका लागि भनेर जग्गा खरिद गरी राख्नुभएको छ ? यदि छ भने बेलाबेलामा जग्गाको अवस्थाबारे अद्यावधिक गरिएन भने तपाईँको जग्गा अर्कैको नाममा पुगिसकेको हुन सक्छ । त्यसप्रति विशेष ध्यान पुर्‍याउनु होला । हालै काठमाडौँमा यस्तै घटना सार्वजनिक भएको छ ।

वेल्जियममा रहेको व्यक्तिका नामको जग्गा त्यसैगरी गिरोहले नक्कली कागजात बनाएर बिक्री गरेका छन् । म्याग्दीकी मीना खड्काको नाममा दर्ता कायम रहेको काठमाडौँको थानकोटको कित्ता नं ४२८ र ४२६ को उनी वेल्जियममा रहेका बेला नक्कली नागरिकता र जग्गाधनी प्रमाणपूर्जा बनाई बिक्री तथा बैनापट्टा भएको खुलेको हो ।

प्रतिवादीले फोटो उप्काएर लक्ष्मी घतानीको फोटो टाँस गरी जग्गा बिक्री गरेका पाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उनीहरुविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर एवं सङ्गठित अपराधमा अनुसन्धान जारी छ ।

गिरोहले उक्त जग्गा कृष्णगोपाल श्रेष्ठ र कृष्णभक्त श्रेष्ठसमेतका व्यक्तिलाई रु ७२ लाखमा बिक्री गरेका थिए । सोही जग्गा कुमार दाहाल खत्रीलाई राजीनामा पास गर्ने गरी २०७६ मङ्सिर ३० मा रु ३५ लाख बैना लिएको फेला परेको छ ।

सो जग्गा किर्ते गरी बिक्री भएको थाहा पाएपछि जग्गा खरीद गर्ने र जग्गाधनी गरी नौ जनाले दिएको जाहेरीका आधारमा नौ जनालाई विभिन्न मितिमा पक्राउ गरी अनुसन्धान थालिएको बस्नेतले जानकारी दिए। सो कसुरमा संलग्न तीन सरकारी कर्मचारी हाल धरौटी तिरेर छुटेका र एक जना लेखापढी व्यवसायी फरार छन् ।

पक्राउ पर्नेमा काठमाडौँका विजयकुमार खड्का, धादिङका बालप्रसाद भट्ट, काभ्रे पनौतीका रामचन्द्र पुडासैनी भन्ने पुण्यप्रसाद काफ्ले, सङ्खुवासभाका इन्द्रबहादुर घले, रामेछापका बालकृष्ण बुढाथोकी, सिन्धुपाल्चोकको लक्ष्मी घतानी, ओखलढुङ्गाका विजयप्रकाश सुनुवार, सिन्धुलीका कृष्ण थापा भन्ने कृष्ण दर्लामी, झापाका कृष्णबहादुर कटुवाल रहेका छन् ।

यसअघि पक्राउ परेका कलङ्कीस्थित तत्कालीन मालपोत कार्यलयका कर्मचारी दिपक दाहाल, नारायण श्रेष्ठ र दीपा पङ्गेनी कसूरअनुसार रु एकदेखि चार लाख धरौटी बुझाएर छुटेका हुन् । सो कसुरमा फरार लेखापढी गर्ने राजाराम थापाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उक्त सङ्गठित ठगी अपराधमा रामचन्द्र पुडासैनी, रामबहादुर खड्का र पुण्यप्रसाद काफ्ले मुख्य योजनाकार रहेका प्रहरीले जनाएको छ । काफ्ले र खड्का यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका व्यक्ति हुन् । अपराध दोहोर्याएको कसूर प्रमाणित भए उनीहरुलाई थप सजाय हुने कानूनी व्यवस्था छ ।

गिरोहले टाढा रहेका महिलाको बिक्रीमा रहेको जग्गाको नक्कली कागजात बनाएर बिक्री गर्ने गरेको खुलेको छ । त्यसरी कीर्ते गर्दा अनुहार मिल्दोजुल्दो मान्छे खोजेर काम गर्ने गरेको पाइएको छ । जग्गा बिक्रीको रकम काल्पनिक नागरिकता बनाइ बैँकमा खाता खोलेर त्यसमा जम्मा गर्ने गरेका प्रहरीले जनाएको छ ।