२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेबाहेकको सरकार बनाउने कुरा घाम र जूनको मिलन जतिकै कठिन छ’

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताएका छन् ।

भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उनले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गरे ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उनले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताए।

कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भने, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।”

माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गरे ।

माओवादीसँग नयाँ परिस्थितिमा छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको मुख्यमन्त्रीले स्पष्ट पारे । उनले भने, ‘शुरुमा माओवादी केन्द्रको समर्थनमा केपी ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा दुईअनुसार गठन भएको हो । केन्द्रमा माओवादीले समर्थन फिर्ता लिए पनि अहिले एमालेले गुमाउने केही पनि छैन । बढी घाटा उसैलाई हुन्छ, सात प्रदेशमध्ये दुई प्रदेशको मुख्यमन्त्री र अन्य प्रदेशमा सरकारबाट फिर्ता हुनुपर्दछ, त्यो उसका लागि दुर्भाग्य हो ।’

सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एमाले र माओवादी कुन दलका मान्ने भन्नेमा स्पष्ट नभए पनि मुख्यमन्त्री गुरुङले सूर्य चिह्नबाट चुनाव जितेको र केपी ओलीको हस्ताक्षरबाट टिकट प्राप्त गरेकाले उनीहरू एमालेकै हुने विश्वास व्यक्त गरे। महानगर प्रमुख मानबहादुर जिसीले देशको ठूलो महानगरलाई समृद्ध बनाउने योजनानुसार कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

स्थापना दिवसका अवसरमा बिहान महानगरपालिका कार्यालय न्यूरोडबाट प्रभातफेरी आयोजना गरी पोखरा सभागृहमा पुगेर स्थापना दिवस समारोहमा परिणत भएको थियो । समारोहमा महानगरमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको थियो ।