९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दल जनअपेक्षाअनुसार चल्न सकेनन् : बिजुक्छे

अ+ अ-

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिक दल तथा नेता आफ्नो उद्देश्यअनुसार चल्न नसकेको बताएका छन् ।

शहीद दिवसका अवसरमा भक्तपुर नगरपालिकाले आयोजना गरेको चारदिने अन्तरनगर बुद्धिचाल प्रतियोगिता एवं भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगिताको आज उद्घाटन गर्दै बिजुक्छेले भने, ‘राजनीतिक व्यक्तित्वमा नागरिक भावना कम हुँदै गएको छ, उनीहरुको उद्देश्य र व्यवहारमा भिन्नता देखिएको छ ।’ बुद्धिचाल खेल एक प्रकारको लडाईं हो भन्दै उनले अहिले राजनीतिमा अस्वस्थ्य लडाईं चलेको र जनअपेक्षाको उपेक्षा भएको टिप्पणी गरे ।

विद्यालयस्तरमा भक्तपुर नगरले लागू गरेको स्थानीय पाठ्यक्रममा नागरिक भावना र देशभक्तिपूर्ण पाठ समावेश गरिनुपर्ने बताउँदै उनले खेलाडीले खेलकूदका माध्यमबाट देशलाई चिनाउने अवसरका रुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिए । अध्यक्ष बिजुक्छेले खेलकूद मित्रता र शारीरिक स्वस्थताका लागि अपरिहार्य रहेको बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरलाई बुद्धिचाल खेलमार्पmत चिनाउन र खेलाडीलाई उत्साहित बनाउन प्रतियोगिता आयोजना गरेको चर्चा गरे । वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईंले तीस वर्षमा शासक दलले नेपालीको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेको बताउँदै उनले दुर्गम जिल्लामा भोकमरी, अशान्ति, हत्या, हिंसाको समस्या जस्ताको तस्तै रहेको भनाइ राखे ।

त्यसअवसरमा भनपाका उपप्रमुख रजनी जोशी, भनपा–७ का वडाध्यक्ष उकेश कवां, नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष एकलाल श्रेष्ठ, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठ, घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजा, भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठलगायतले यस प्रकारको प्रतियोगिताले खेलाडीमा बौद्धिकता विकासमा टेवा पु¥याउने बताए। अन्तर नगर बुद्धिचाल प्रतियोगितामा २२ नगरपालिकाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस