२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकारकर्मीलाई गलहत्त्याएर बाहिर निकाल्न उक्साउने कर्णालीका सचिवको लुम्बिनी सरुवा

अ+ अ-

काठमाडौँ । मानवअधिकार र नागरिक समाजको टोलीलाई कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकाल्न उक्साउने कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालको सरुवा गरिएको छ ।

सुर्खेतमा बादी समुदायले आवास, भूमि, शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत विभिन्न माग राखी धर्नामा बसेको विषयमा आयोगको नेपालगन्ज कार्यालय प्रमुख झंकरबहादुर रावलको नेतृत्वमा खटिई गएको अनुगमनको टोलीलाई कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकालेको घटनामा संलग्न रहेका भनिएका सामाजिक विकास मन्त्रालयका सचिव पौड्यालको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको हो ।

सचिव पौड्यालले प्रमुख सचिव श्रेष्ठले गाली गलौच गर्दा उक्साएको आयोगको नेपालगन्ज कार्यालय प्रमुख झंकरबहादुर रावलले बताएका थिए ।

सम्बन्धित समाचार : प्रमुख सचिवले मानवअधिकारसहितको टोलीलाई गलहत्त्याएर कार्यकक्षबाट बाहिर निकालेपछि…

प्रमुख सचिव श्रेष्ठ र सचिव पौड्यालले गालीगलौज र दुर्व्यवहार गर्दै सुरक्षाकर्मी बोलाई कार्यकक्षबाट गलहत्त्याइ बाहिर निकालिएको घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले यथार्थ विवरण उपलब्ध गराउन पत्राचार गरेको थियो भने आयोगको कर्मचारी क्लबले नागरिक समाज तथा मानवअधिकारकर्मीहरू समेतको उपस्थितिमा प्रमुख सचिव श्रेष्ठ र सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालसमेत भई गालीगलौज र दुर्व्यवहार गर्दै सुरक्षाकर्मीलाई बोलाई कार्यकक्षबाट गलहत्त्याइ बाहिर निकालिएको घटनाको सम्बन्धमा कर्मचारी क्लबको गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

विवाद आएपछि उनको सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।