९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेमा बहुकेन्द्र निर्माण हुन दिँदैनौँ : मन्त्री ढकाल

अ+ अ-

राँझा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेकपा (एमाले)मा बहुशक्ति केन्द्र निर्माण हुन नदिने बताएका छन् । एमाले कोहलपुर नगर कमिटीद्वारा आज कोहलपुरमा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले अब पार्टी विधिमा अघि बढ्ने दाबी गरे ।

एमालेका केन्द्रीय सदस्य रहेका मन्त्री ढकालले पार्टीलाई विधिमा लैजानकै लागि पार्टीको महाधिवेशन मितिसमेत तय भइसकेको उल्लेख गरे । ‘हामी सडकबाट पद लिने र दिने गर्दैनौँ, विधिसम्मत तरिकाले अगाडि बढ्छौँ’, उनले भने, ‘आगामी मङ्सिरमा हुने महाधिवेशनबाटै नेतृत्व चयन हुन्छ ।’

मन्त्री ढकालले कोरोनाबाट थिलोथिलो बनेको पर्यटन क्षेत्रलाई माथि उकास्न मन्त्रालय नयाँ कार्यविधि बनाउन लागिरहेको उल्लेख गरे । उनले सरकारले निजी क्षेत्रसँगको साझेदारीमा पर्यटन क्षेत्रको विकासमा उचित ध्यान दिई कोरोनाले सबैभन्दा बढी प्रभावित पारेको पर्यटन क्षेत्रलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य देवराज भार र एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले बाँकेमा एमालेले गर्दै आएको गतिविधिबारे जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस