९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशलाई सही बाटोमा डोर्‍याउन सञ्चारकर्मीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपालको २१औँ साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उनले समाजको अग्रगामी परिवर्तनका लागि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरे ।

मन्त्री गुरुङले सञ्चारकर्मीले नकारात्मक समाचार मात्र नलेखेर सकारात्मक सन्देश दिने समाचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं समाजमा सकारात्मक सोचको विकास गराउन सञ्चारकर्मीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ भने । हरेक क्षेत्रमा शिर उँचो बनाउने उद्देश्यका साथ काम गर्नुपर्नेमा जोड दिँदै उनले सञ्चार क्षेत्रमा समेत यसको आवश्यकता भएको उल्लेख गरे ।

मन्त्री गुरुङले समाजलाई समृद्ध बनाउने ढङ्गले काम गर्नुपर्ने सुझाव दिँदै आफ्नो सङ्गठनको हित हुने गरी काम गर्न सबैमा आग्रह गरे । उनले सङ्गठन तथा पार्टीमा रहँदासम्म जिन्दावाद भन्ने र छाड्दा मुर्दावाद भन्ने संस्कारको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले संस्था स्थापना गर्नु मात्र ठूलो कुरा नभइ त्यसलाई जोगाइराख्नु अति आवश्यक भएको उल्लेख गर्दै सञ्चार क्षेत्रको दायरा फराकिलो बन्दै गएकोमा खुशी व्यक्त गरे । उनले चलचित्र उद्योगको विकासका लागि चलचित्र विकास बोर्डसँग मिलेर काम गर्न सुझाव दिए ।

सो अवसरमा मन्त्री गुरुङले नेपाल चलचित्र पत्रकार सङ्घले अघि बढाएको कल्याणकारी कोष अभियानको शुभारम्भ गरे । सङ्घले २० लाख बराबरको अक्षय कोष खडा गर्ने अभियान शुरु गरेको छ । कार्यक्रममा मन्त्री गुरुङले चलचित्र पत्रकार सङ्घ नेपालका संस्थापक अध्यक्ष तथा पूर्वअध्यक्षलाई सम्मानपत्रद्वारा सम्मान गरे । सम्मानित हुनुहुनेमा पुर्वअध्यक्षद्वय विदुर गिरी र शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दीप सापकोटा रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका सचिव प्रकाश थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, सदस्य सचिव महेन्द्रप्रसाद शाही, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, नायक भुवन केसी, निर्माता तथा कलाकार दिपाश्री निरौलालगायतले साधारणसभाको सफलताको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस