२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वटा ऐन पारित

अ+ अ-

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले राजश्व सङ्कलन तथा परिचालनलाई व्यवस्थित गर्न कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी ऐन पारित गरेको छ ।

नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभाले कर तथा गैरकर राजश्व लगाउने र उठाउनेसम्बन्धी तीन वटा ऐन पारित गरेको हो ।

ऐन बनाउँदा स्वेच्छिक रुपमा कर तिर्न प्रेरित हुने वातावरण सिर्जना गर्नेलगायत राजश्वसम्बन्धी सामान्य सिद्धान्तलाई आधार बनाएको नगरपालिकाले करदातालाई ऐन बमोजिम लगाएको कर, दस्तुर शुल्क वा ऐनको व्यवस्थाबारे द्धिविधा भएमा सोको निराकरणका लागि प्रमुख प्रशासकीय समक्ष निवेदन दिन सक्ने कानूनी बाटो खुला गरेको छ ।

यस्तै करदाताबाट पेश भएको विवरण अस्पष्ट भएमा कर अधिकृतबाट कर परीक्षण गरी कर निर्धारण गर्न सकिने ऐनमा उल्लेख भएको छ । यस्तै ऐन बमोजिम असूल उपर गर्नुपर्ने करलगायत शुल्कवापतको रकम ऐनमा उल्लेख भएको अवधिमा दाखिला नगरे करदाताको कारोबार रोक्का गरेर, चल तथा अचल सम्पत्तिमाथि दाबी वा कब्जा गरेर समेत असूल गर्न सकिने ऐनमा व्यवस्था छ ।

विशेष परिस्थितिमा कर तिर्न नसक्ने अवस्था आए सोको जाँच बुझ गरी एक वर्षभित्र तीन किस्तामा दाखिला गर्न सकिने पनि कानूनी व्यवस्था भएको छ । बिहीबार नै प्राकृतिक स्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न साथै वातावरण र विकासबीच सन्तुलन कायम गर्न वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन र सहकारी ऐन पारित गरेको छ ।

यसैबीच नगरपालिकाले चालू आवको फागुन मसान्तसम्ममा चालू खर्चतर्फ कूल विनियोजित बजेटको ४७।३८ प्रतिशत र पुँजीगततर्फको ३७।८५ प्रतिशत खर्च गरेको छ । चालू खर्चतर्फ रु ३५ करोड ७८ लाख ३१ हजार १५० विनियोजन भएको थियो भने पुँजीगततर्फ रु २१ करोड ७८ लाख २२ हजार विनियोजन भएको थियो ।

आठौँ नगरसभाद्वारा पारित भएका ६११ विकास योजनामध्ये ४०६ वटा योजना सम्पन्न भएका छन् । पुँजीगततर्फ हालसम्मको भौतिक र वित्तीय प्रगतिलाई हेर्दा क्रमश ३४।२१ र ४३।७८ प्रतिशत भएको प्रगति समीक्षा सार्वजानिक भएको छ ।