काठमाडौँ । जिल्ला प्रशासन कार्यालय चितवनका एक कर्मचारीको बढुवा तथा पदस्थापन गरिएकाे छ ।
बढुवा समितिको शुक्रवार बसेको बैठकले ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि एक कर्मचारीको बढुवा गर्ने निर्णय भएको हो ।
नेपाल इन्जिनियर सेवा सर्भे समूह, राजपत्र अनङ्कित प्रथम श्रेणी(सर्भेक्षक)मा विष्णुप्रसाद पौडेललाई बढुवा गरी नापी कार्यालय भरतपुर सिफारिस गरिएको समितिले जनाएको छ ।








