काठमाडौँ । नेपाल भेटेरेनरी एशोसिएसनको अध्यक्षमा शितलकाजी श्रेष्ठ निर्वाचित भएका छन् ।
पशु सेवा विभागका निवर्तमान महानिर्देशक डा.वंशी शर्मालाई पराजित गर्दै डा. शितलकाजी श्रेष्ठ पुनः तेस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
डा. श्रेष्ठले कुल खसेको ४८६ मतमध्ये ३८६ मत प्राप्त गरेका थिए ।
यस्तै उपाध्यक्षमा डा. कृष्ण काफ्ले निर्वाचित भएका छन् ।
यसअघि सातै प्रदेशमा एशोसिएसनको प्रादेशिक समितिहरुको निर्वाचन सम्पन्न भएको थियो । प्रादेशिक समितिका अध्यक्षहरु केन्द्रीय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।







