९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

अ+ अ-

काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा बुधबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहेका छन् ।

नेपालले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ । त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गरेको थियो । उक्त प्रतियोगितामा किर्गिस्तानका खेलाडीले आत्मघाती गोल गरेका थिए।

जितसँगै बङ्गलादेशले तीन अङ्क बटुलेको छ । प्रतियोगिताअन्तर्गत शनिबार नेपाल र बङ्गलादेशबीच लिग चरणको अन्तिम खेल हुने छ । प्रतियागिताको आयोजना एन्फाले गरेको हो । यसअघि गत वर्ष मंसिरमा दशरथ रङ्गशालामा १३औँ दक्षिण एशियाली खेलकूद (साग) भएको थियो । त्यसयता कोरोना भाइरसको महामारीका कारण कुनै पनि अन्तर्राष्टिय फुटबल प्रतियोगिता हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस