२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावमा आधारित मौसम पूर्वानुमान : पूर्वाभ्यासमा विज्ञ र साझेदार प्रतिनिधि

अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तन विज्ञ डा. ङमिन्द्र दाहाल र मौसमविद् वरुण पौडेल नेतृत्वको तेस्रो नम्बर समूहले मङ्गलबार र बुधबार प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा विभिन्न अभ्यास गरेको छ । भारी वर्षा आएको काल्पनिक परिदृश्यलाई अधार बनाएर उक्त समूहले समुदायमा पर्ने प्रभावसम्मको आकलन गरी अभ्यास गरेको थियो । अभ्यासमा भारी वर्षाको सम्भावनासहितको सूचना मौसम विज्ञान विभागबाट आयो ।

बागलुङ ढोरपाटनलाई केन्द्रविन्दु बनाएर भारी वर्षापछि के के अवस्था हुनसक्छ भन्ने कुराको परिदृश्यलाई एउटा म्याट्रिक्स र टेबलमा उतारे । विज्ञका अनुसार जति छोटो अवधिको मौसम आकलन हुन्छ मिल्ने सम्भावना बढी हुन्छ भने जति लामो समयको आकलन हुन्छ त्यो औसत मिल्ने तह घट्दै जान्छ । सोहीअनुसार नै अभ्यास गरिएको थियो ।

शुरुमा १२ घण्टा, अर्को दिन २४ घण्टा र तेस्रो दिन ४८ घण्टा लगातार पानी पर्ने सम्भावना देखियो । तीन प्रकृतिको वर्षाले त्यो समाजमा कस्तो/कस्तो असर पर्छ भन्ने कुरा समूहगत छलफलबाट निष्कर्ष निकाल्ने काम भयो । त्यसको अघिल्लो दिन परम्परागत मौसम सूचना प्रणाली र प्रभावमा आधारित मौसम सूचना प्रणालीको फरक अवस्थाबारे समूहगत छलफल र अभ्यास भएको थियो । आज तेस्रो दिन भने सबै अभ्यासलाई एकीकृत गरी प्रेस विज्ञप्ति जारी गर्दाको अवस्थासम्मको अभ्यास हुनेछ ।

उनीहरु जस्तै फरक/फरक छ वटा समूह पनि त्यसैगरी अभ्यासमा जुटेको थियो । प्रथमतः पूर्वानुमानका लागि मुख्य जिम्मेवार जल तथा मौसम विज्ञान विभाग नै हुने भएकाले हरेक समूहमा मौसमविद् सहभागी गराएर अभ्यास गरिएको हो । अभ्यासले नेपालमा नयाँ नमूनाका रूपमा प्रयोग हुन लागेको प्रभावमा आधारित मौसम पूर्वानुमानका बारेमा सहज सिकाइ हुने विश्वास गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम बताउँछन् ।

उनले भर्चुअलमा सहभागी अन्तर्राष्ट्रिय विज्ञसँग प्रतिप्रश्न गर्दै विश्वको प्रयोग र नेपालमा लागू गर्न सकिने तरिकाका बारेमा जिज्ञासा राखेका थिए । बङ्गलादेश, बेलायत, युगान्डालगायत देशमा विगतमा धेरै जनधनको क्षति हुन्थ्यो तर यसरी प्रभावमा आधारित मौसम पूर्वानुमानले क्षति कम गराएको तथ्य प्रमाणित छ । ‘प्रभावमा आधारित मौसम पूर्वानुमान गर्दा यही अभ्यास नै पछि वास्तविक घटना हुँदा लागू गर्नुपर्ने हुन्छ’, जलवायु परिवर्तन विज्ञ डा दाहाल भन्छन्, ‘विकसित देशमा प्रयोगमा आएको र प्रमाणित भएको पद्धति भएकाले ठूलो जनधनको क्षति रोक्न सहयोग गर्छ ।’

उनले उक्त अभ्यासको निष्कर्ष भनेको सम्भावित घटना हुँदैछ भनेपछि त्यसको असरको सम्भावनाको तह, क्षति हुने समुदायमा कति गम्भीर असर पर्छ र क्षतिको क्षेत्र तथा गाम्भीर्यता आकलन गर्न सकिने बताए । त्यसबाट समुदायमा क्षति कम गर्न सकिन्छ । उक्त प्रणालीले जोखिममा परेको क्षेत्र र समुदायले अब के गर्ने भन्ने सूचना र सुझावसमेत प्राप्त गर्ने भएकाले प्रभावकारी हुने विश्वास गरिएको छ ।

वरिष्ठ मौसमविद् पौडेलले घटना भएझैँ नै गरिएको अभ्यासले ठूलो सिकाइ भएको स्मरण गरे । उनले नेपालमा पूर्वानुमानको विश्वसनीयता बढ्दै गएको सन्दर्भ जोड्दै भने, ‘वर्षा, हुरी, चट्याङ आउँदै छ भन्ने सूचना आएपछि त्यसको असर कहाँ/कहाँ र कस्तो पर्छ भन्ने पूर्वानुमानको टड्कारो आवश्यकता छ, त्यस हिसाबले यो अभ्यास फलदायी हुन्छ भन्ने लागेको छ ।’ उनले त्यस्ता विपद्बाट आम समुदायले के तयारी गर्नुपर्छ, साझेदार संस्था कसरी पूर्वतयारीमा लाग्नुपर्छ भन्ने कुरा सँगसँगै जाने विश्वस व्यक्त गरे ।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका शाखा अधिकृत प्रकाशचन्द्र ढुङ्गानाले प्रशिक्षणमा मौसम बदली भई भारी वर्षा हुने छ मात्रै नभएर त्यसको असर कुनै क्षेत्रमा कस्तो हुन्छ भन्नेसम्मको जानकारी प्राप्त भएकाले प्रभावमा आधारित मौसम सूचना प्रणाली अपनाउन सके मुलुकमा ठूलो क्षतिबाट जोगाउन सकिने महसुस भएको बताए । यसलाई कार्यरत क्षेत्रमा लागू गर्ने आफ्नो प्रयास रहने उनको भनाइ थियो ।

नेपालका विभिन्न नौ जिल्लामा प्रभावमा आधारित मौसम पूर्वानुमानको नमूना कार्यक्रम शुरु हुन लागेको सन्दर्भमा पहिलो चरणको प्रशिक्षण काठमाडौँमा भएको हो । उक्त कार्यक्रम गत वर्ष बढी प्रभावित भएको जिल्ला स्याङ्जा, म्याग्दी, बागलुङ, दैलेख, कालीकोट, जाजरकोट, गोरखा, सिन्धुपाल्चोक र कास्कीमा लागू हुँदैछ । यही मनसुनबाट उक्त कार्यक्रम शुरु गर्ने योजना रहेको रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरका टेक्निकल एड्भाइजर माधव उप्रेतीले बताए ।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, युके मेट र रेडक्रस रेड क्रिसेन्ट क्लाइमेट सेन्टरको संयुक्त आयोजनामा उक्त प्रशिक्षण शुरु भएको हो । पहिलो चरणको प्रशिक्षण सकिएपछि पुनः वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा प्रभावित क्षेत्रका व्यक्तिसमेत सहभागी गराएर प्रशिक्षण गर्ने योजना छ ।