२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिफेन्डर विराज महर्जन नेपाली फुटबलबाट सन्यास लिँदै

अ+ अ-

काठमाडौँ । डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट सन्यास लिने भएका छन्।

राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पुगेका उनले सन्यास लिने जानकारी दिएका हुन् ।

राजधानीमा जारी थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजले यो प्रतियोगितालाई राष्ट्रिय टिमको अन्तिम प्रतियोगिताको रुपमा लिएको बताए।

सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका ३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्।

विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए। उनले ९ वर्ष थ्रीस्टारबाट खेलेपछि २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भइ सन् २०१९ मा मच्छिन्द्र क्लबमा पुगे। उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए।

राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। अनिल गुरुङले सन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमिकामा देखिए।

नेपालले बंगबन्धु गोल्डकप, १२औँ साग र सोलिडारिटी कप जित्दा विराज मैदानमा कप्तानको भूमीकामा थिए।