काठमाडौँ । नेपाली बजारमा आज सुन ५ सय रुपैयाँले घटेको छ ।
सोमबार सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
नेपाली बजारमा आज (मंगलबार) छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी १२ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।







