काठमाडौँ । टर्कीको मध्य क्षेत्रमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिकको मृत्यु भएको छ ।
टर्कीको एस्किसेहिर प्रान्तमा मंगलवार वायुसेनाको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको टर्किस सञ्चारमाध्यम एनटीभीले जनाएको छ ।
टर्कीको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एनटीभीले जनाएअनुसार एएस-५३२ मोडेलको उक्त हेलिकोप्टर नियमित प्रशिक्षण उडानका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरको भग्नावशेष फेला परेको छ भने घटनास्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गरिएको थियो ।
दुर्घटनाको कारणबारे थप विवरण सार्वजनिक भएको छैन ।






