२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान

अ+ अ-

बलेवा । ‘सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ’, बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भने, ‘कोटमा हुने पू्जामा गाउँभरिकाले बलि चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।’

कँडेललाई जानकारी भएअनुसार बिहुँकोटमा बलि चढ्न थालेको २०० वर्ष भयो । बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन । ‘पहिला यस्तो थिएन रे, पछि बलि प्रथाको शुरुआत भयो, दुवै कोटमा बलि चढाउनैपर्ने नियम बनाएका भन्ने सुनेका छौँ’, बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भने, ‘अहिलेसम्म पनि मङ्गलबार र बिहीबार बलि चढाउन आउनेहरू धेरै हुन्छन् ।’

शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरू बेहोस नै हुनुपरोस् । पशुबलि दिएर मानिसको महत्वकाङ्क्षा पूरा हुने अन्धविश्वास तोड्न अहिले बिहुँमा ‘बलिप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबलि नचढाउन वडा कार्यालयले निषेध गरेको छ । स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबलि नचढाउन आग्रह गरेको छ ।

‘पशुबलि चढाएर कसैले मागेको पुग्दैन, यो अमानवीय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौँ’ वडाध्यक्ष युक्तप्रसाद कँडेलले भने, ‘सार्वजनिक सूचना गरेर जानकारी गराइएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।’ स्थानीय बुद्धिजीवी, समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताए ।

‘मासु खाने वा नखाने व्यक्तिगत रुचि र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बलि चढाएर रगतको खोला बगाउनु राम्रो होइन’, उनले भने, ‘हामीले दिएको बलिले भगवान् खुशी हुँदैनन्, यो त हिंसा पो हो त ।’ चाडपर्वका समयमा कोटघरमा दिइने बलिले हिन्दू सभ्यतालाई नै गिज्याइरहेको कँडेल बताउँछन् ।

‘सञ्चारमाध्यामबाट पनि सूचना गर्दैछौँ’, चेतनाको अभावमा भइरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ’, कँडेलले भने, ‘हामी पशुबलि मुक्त वडाको नागरिक भएर बाच्ने छौँ ।’ धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उनको भनाइ छ ।

वडाले गरेको निर्णयमा स्थानीय खुशी छन् । ‘धर्म नै छोड भनेको होइन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु’ पूर्वशिक्षक शिवलाल भन्छन्, ‘यसले हाम्रो बलिप्रथामा थप सहयोग गर्छ ।’ धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।