काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. रावललाई उपकुलपति नियुक्त गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेश त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरेको हो।
सिफारिस समितिले डा. रावलसँगै प्रा.डा। रेशम राना र डा. पुजनकुमार रोकायाको नाम सिफारिस गरेको थियो।







