२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बझाङमा पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु

अ+ अ-

बझाङ– बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवर रहेका छन्।

घाइते भएकी कुँवरको अमिसा अस्पताल चैनपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्कीमा पानी जम्मा गर्ने क्रममा पानी ट्याङ्की फुटेको हो। परियोजना अन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो। पानी ट्याङ्की चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो। मर्मत गरिएको ट्याङ्कीमा पानी जम्मा गर्न लागेका बेला एक्कासी ट्याङ्की फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।

अमिसा अस्पतालको लापरबाहीका कारण सुन्दरीदेवीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्। सुन्दरीदेवीको खुट्टामा चोट लागेको थियो। थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापरबाही गर्दा श्रीमतीको मृत्यु भएको सुन्दरीदेवीका श्रीमान् गोपाल कुँवरले बताए।

डाक्टरले आफ्नो श्रीमतीलाई सुई र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापरबाहीले श्रीमतीको मृत्यु भएको उनले बताए।

बिरामीका आफन्तले डाक्टरलाई कारवाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन्।