२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३७ खर्ब

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै सर्वाधिक उच्च बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.७२ अङ्कले बढेर दुई हजार ६७४.४६ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३४ बिन्दुले बढेर ४७६.१८ मा पुगेको छ । कूल २१३ कम्पनीको एक करोड ६१ लाख आठ हजार ४९९ कित्ता शेयर रु सात अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ मूल्यमा खरिद बिक्री भए ।

मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण झण्डै रु ३७ खर्बको नजिक पुगेको छ । नेप्सेका अनुसार रु ३६ खर्ब ९४ अर्ब ४२ करोड ७९ लाख ३० हजार हाराहारीमा बजार पूँजीकरण पुगेको छ ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्दा सात उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्त ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अङ्कले ओरालो लागेको छ । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत् ११४.०५, उत्पादन १८३.९१, लघुवित्त ६४।१९, सामूहिक लगानी कोष ०.०२ र लगानी २.७२ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३९ करोड ८० लाख ५७ हजार २३६ बराबरको कारोवार भयो । यस्तै चिलिमे जलविद्युत् कम्पनी रु ३१ करोड १० लाख ६३ हजार ९५५, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २९ करोड २० लाख ६० हजार ८३, हिमालयन डिस्टिलरी रु २२ करोड १८ लाख ३७ हजार ६४३, हिमालयन जनरल इन्स्योरेन्स रु २१ करोड २८ लाख ६१ हजार ८४२, नेपाल बैंक रु १७ करोड ६८ लाख ९५ हजार ८९०, अजोड इन्स्योरेन्स कम्पनी रु १६ करोड ६१ लाख ३७ हजार ४८६, बुटवल पावर कम्पनी रु १६ करोड दुई लाख ७३ हजार ७६७, नेपाल दूरसञ्चार कम्पनी रु १५ करोड २९ लाख ९९ हजार ९३ र रसुवागढी हाइड्रोपावर रु १४ करोड ७८ लाख ७२ हजार बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै कारोवारका आधारमा चिलिमे जलविद्युत् कम्पनी, युनिभर्सल पावर युनाइटेड इदी मर्दी हाइड्रोपावर र चन्द्रागिरि हिल्सको शेयरमा आज सकारात्मक सर्किट लाग्यो । ती कम्पनीका लगानीकर्ताले समान १० प्रतिशतले कमाए । यसैगरी बोमी माइक्रोफाइनान्स ९.९५, एनआइसि एशिया लघुवित्त ९.९३, महिला लघुवित्त ९.९३, साञ्जेन जलविद्युत् कम्पनी ९.८९, शिवश्री हाइड्रोपावर ९.८१ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रतिशतले आर्जन गरे ।

यसैगरी साल्ट टे«डिङ कर्पोरेशनको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाउँदा सानिमा जनरल इन्स्योरेन्स ८.७८, अजोड इन्स्योरेन्स ८.७२, युनाइटेड फाइनान्स ५.९६, जनरल इन्स्योरेन्स ५.१३, आइएमई जनरल इन्स्योरेन्स ४.३९, श्री इन्भेस्टमेन्ट ३.०९, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, युनाइटेड इन्स्योरेन्स २.९४ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.९१ प्रतिशतले गुमाए ।