२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’

अ+ अ-

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ ।

स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौँ, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो ।

अभियानअन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्यपरीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियानअन्तर्गत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीको स्वास्थ्यपरीक्षण गरिरहेको हो ।

उनले भने,’कर्मचारीको स्वास्थ्य जाँच गरी नसर्ने रोगबाट बच्न स्वास्थ्य सल्लाहसमेत प्रदान गरिरहेका छौँं, नसर्ने रोगबाट बच्नको लागि अपनाउनपर्नुे स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परीक्षणको काम जारी राखेका हौं ।’

जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य जाँच गर्दै स्वस्थ जीवनशैली अपनाउन अभियानले सहयोग गर्ने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । कर्मचारीले कार्यालयमा बसेरै काम गर्ने गरेको र शारीरिक क्रियाकलापमा कम सक्रिय हुने गरेकाले विभिन्न खालका नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ ।

विभिन्न रोगको जोखिम कम गर्न अभियान सञ्चालनमा आएको हो । यस्तै अस्वस्थकर खानपिन, धूमपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपूर्ण व्यवहार कम गर्न अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कर्मचारीको मधुमेह, रक्तचाप, शरीरको मोटोपना, मिर्गौला र कोलेसटेरोल आदिको परीक्षण गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागि सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

अभियानका लागि प्रदेश सरकारले रु तीन लाख बजेट विनियोजन गरेको छ । पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको काम भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्यपरीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालयको टोलीले कर्मचारीको नियमित स्वास्थ्य जाँच गरिरहेको छ ।