११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेन्डिङको दोस्रो स्थानमा ‘मेरो पनि होइन र यो देश ?’

अ+ अ-

बागलुङ । सार्वजनिक भएको २४ घण्टामा गायक/सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२ हजार बढी भ्यूज बटुलिसकेको छ ।

सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् । समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त सपुतको उक्त गीतमा देशप्रतिको गौरव र गुनासो मिश्रण छ । ‘नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ’, सपुतले भने, ‘हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।’

राष्ट्रव्यापी प्रतिभाको खोजी कार्यक्रममा सपुतसहितका कलाकार ‘अनागरिक समूह’ बनाएर प्रतिस्पर्धामा भाग लिएको दृश्य भिडियोको शुरुमा देखापर्छ । ‘अनागरिक समूह’बारे निर्णायकको प्रश्नमा सपुतले दिएको जवाफ मर्मस्पर्शी लाग्छ ।

आफ्नो समूहको प्रस्तुति दिन मञ्चस्थ भएका सपुत भन्छन्, ‘हामी देशैभरिबाट छौँ, हिमाल, पहाड, तराई सबैतिरबाट, हामी सबै जनाको केही न केही प्रतिभा छ, केही न केही सपना छ, त्यसभन्दा पनि एउटा स्वाभिमानी नेपाली भएर सुखी र सरल जीवन जिउने चाहना छ, तर त्यो चाहना पूरा भएको छैन र पनि देशको बिछट्टै माया लाग्छ, नेपाली हुनुमा गौरव पनि भएको र गुनासो पनि भएको मानिसहरु खोजेर मैले बनाएको हो यो समूह ।’

सपुतले आफै रचेको गीतमा सङ्गीत पनि उनले नै दिएका छन् । मूल स्वर सपुतकै रहेको उक्त गीतको समूहगत गायनमा उनलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । ‘तत्काललाई प्रतिक्रिया राम्रै आएको छ, गीतमाथि विवेचना हुँदै जाला’, सपुतले भने, ‘गीत हाम्रै सामाजिक मनोदशाको एउटा चित्रण हो ।’

उनले देशका विभिन्न ठाउँमा पुग्दा कस्तो देशमा जन्मेछु भनेर आफैँलाई धिक्कार्ने, बरु ठूलो/विकसित देशमा जन्मन पाएको भए पनि हुनेजस्ता गुनासो र कुण्ठामिश्रित कुरा सुन्नुपर्दा दुःख लाग्ने गरेको सुनाए । अहिले पनि समाजमा दुःख, असमानता र विभेद कायमै रहेकाले त्यसको अन्त्य हुनुपर्ने उनी बताउँछन् ।

गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मेका सपुतका यसअघि सार्वजनिक ‘बोलमाया’, ‘गलबन्दी’, ‘फुटेका चुरा’ लगायतका गीतलाईसमेत युट्युबमा सर्वाधिक रुचाइएको थियो ।

प्रतिक्रिया दिनुहोस