२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना संक्रमण बढेसँगै कैलाली र कञ्चनपुर सीमा नाकामा थप कडाइ

अ+ अ-

कैलाली । कोरोना संक्रमण तीब्र रुपमा फैलिनथालेपछि सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बसेको विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार बसेको बैठकले कैलाली र कञ्चनपुरमा कोरोना संक्रमण दर बढेपछि २५ बुँदे निर्णय गर्दै कोभिड–१९ सम्बन्धी स्वास्थ्य प्रोटोकल पालनामा थप कडाइ गर्नुका साथै गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

उनले दुवै जिल्लामा किनमेल लगायतका विभिन्न बहाना बनाइ भारततर्फ जाने नेपालीहरुलाई गौरीफन्टा र गड्डाचौकी नाकामा कडाइ गरिने बताए । उपचार गर्न जानेहरुको हकमा सम्बन्धित स्वास्थ्य संस्थाको प्रेषण पूर्जा अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको प्रजिअ रिजालले बताए ।

यी दुवै जिल्लामा अत्यावश्यक कामबाहेक राती ८ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक स्थानमा हिँडडुलमा रोक लगाइएको छ । त्यसबाहेकका समयमा पनि कामबिना बाहिर ननिस्कन सार्वजनिक आह्वान गर्ने निर्णय भएको रिजालले बताए ।

कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट आउने नेपालीलाई एन्टिजेन र ज्वरो नापेर जिल्लागत रुपमा छुट्याई सम्बन्धित स्थानीय तहमा पठाउने व्यवस्था गर्ने, भारतमा किनमेल गर्न जाने–आउनेको अभिलेख राख्ने निर्णय भएको उनले बताए ।

सीमा नाकामा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने, नाकामा होल्डिङ सेन्टर निर्माणका लागि अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ ।

जिल्लास्तरका विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम केन्द्र लगायत शैक्षिक संस्था वैशाख १४ देखि ३१ गतेसम्म बन्द गर्ने, होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र अन्य समयको हकमा तयार गरिएका खाद्य परिकार लैजाने सेवा वा होम डेलिभरी मात्र सञ्चालन गर्न दिने तथा उक्त व्यवस्था पालना भए–नभएकोबारे कडाइसाथ अनुगमन गर्ने निर्णय भएको प्रजिअ रिजालले बताए।