२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा निषेधाज्ञा सुरु, यस्ता छन् सञ्चालन हुने र नहुने सेवाहरु

अ+ अ-

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा सुरु भएको छ । आज बिहान ६ बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको हो ।

काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयले एक साता निषेधाज्ञा लागु गर्ने निर्णय गरेको थियो । त्यसपछि मन्त्रिपरिषदको बैठकले १५ दिनको निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मङ्गलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेका थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने बुँदा थप गरिएको छ ।

सवारीमा दुलहा–दुलही पनि हुनुपर्ने र १५ जनासम्म जन्ती जान पास चाहिने छैन । पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ ।

बैङ्क तथा वित्तीय संस्था, बीमा एवं नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सञ्चालन हुन पाउने छन् ।

अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

यसैगरी अन्तर्राष्ट्रिय उडानहरू पनि बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाई टिकट, राहदानी, भिसा हुनेहरूलाई सीधै विमानस्थल जाने सवारीसाधनका हकमा सहजीकरण गर्न सकिने कुरा उल्लेख छ ।

यसैगरी सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागको अनुमति लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ ।

अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ । नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन् ।

सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ ।

काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्नेछ ।

अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने आदेशमा उल्लेख छ ।

यसैबीच निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले द्रुत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न निकायका पाँच जना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।

अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरूलाई समेटेर टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको मन्त्रालयले जनाएको छ ।

टोलीमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिका विषयमा डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

यस्ता छन् सञ्चालन हुने र नहुने सेवाहरु :
सञ्चालन हुने
-एम्बुलेन्स, शववाहन, दमकल
-सुरक्षा निकायका सवारीसाधन ।
-अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।
-फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।
-अनुमति लिएका सवारीसाधन ।
-विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।
-खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।
-सरकारी, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।
-पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
-डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।
-खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा -दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, -आइसोलेसनलगायतका साधन सञ्चालन गर्न पाइने छ ।

बन्द हुने सेवाहरू
-होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।
-सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र ) ।
-लामो तथा छोटो दूरीका सवारीसाधन ।
-तोकिएका बाहेक सबै निजी सवारीसाधन ।
-अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
-खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
-अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।