९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राजिलमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या चार लाखनजिक

अ+ अ-

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९ को संक्रमणबाट यहाँका तीन हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब चार लाखनजिक पुगेको छ ।प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घण्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् ।अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस