२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा ३२ सय प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा आज बिहानदेखि जारी गरेको निषेधाज्ञामा ३२ सय प्रहरी परिचालन गरेको छ । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा निषेधाज्ञालाई कडा बनाइएको हो ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरेको छ। निषेधाज्ञाको मतलब नगरी र विभिन्न बहाना बनाएर सवारी साधनसहित बाहिर निस्कँदै नियम नमान्नेलाई प्रहरीले कारबाही गरिरहेको छ ।

निषेधाज्ञा प्रभावकारी बनाउनका लागि काठमाडौँ उपत्यकाका ३ जिल्लामा ३ हजार २ सय नेपाल प्रहरी र ५ सय ट्राफिक प्रहरी परिचालन गरिएको काठमाडौँ महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सुशीलसिंह राठौरले बताए।

उनले त्यसका लागि उपत्यकाका ५६ स्थानमा ट्राफिक र नेपाल प्रहरीले संयुक्त रूपमा चेकजाँच गरिरहेको जानकारी दिँदै काठमाडौँमा ४४, ललितपुरमा ८ र भक्तपुरका ४ स्थानमा चेकजाँच भइरहेको पनि बताए ।