८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको कुल जनसंख्यामध्ये ६ प्रतिशत बढीले लगाए कोरोना खोप

अ+ अ-

काठमाडौँ । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

कोभिशिल्ड र भेरोसिल्ड गरी २० लाख ९१ हजार जनाले पहिलो डोज खोप लगाएका हुन् । भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरुलाई खोप दिइएको थियो । सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भएपनि १० लाख डोज मात्र नेपाल आइपुगेको हो । भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपालमा आइपुगेको हो ।

१८ लाख १९ हजार ४३६ जनाले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका छन् । कोभिशिल्डको पहिलो मात्र लगाएकामध्ये ३ लाख ३२ हजारले दोस्रो डोज पनि लगाइसकेको विभागको तथ्यांकमा उल्लेख छ । यस्तै चीन सरकारले ८ लाख डोज अनुदानमा दिएपछि भेरोसिल्ड पनि नेपालमा आइपुग्यो । हालसम्म २ लाख ७१ हजार ५६४ जनाले भेरोसिल्डको पहिलो डोज लगाएका छन् । ४ लाख जनालाई भेरोसिल्ड खोप दिने लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस