२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति

अ+ अ-

चितवन । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर र्याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
नारायणगढ–मुग्लिन सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ जुगेडीका ५६ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ४४६० नंको ट्रकले जुगेडीमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना सोमबार राति १०ः३० बजे भएको हो ।