२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श दिइने

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा नवराज केसी र जनरल फिजिसियन डा प्रदीप न्यौपानेले कोरोना सङ्क्रमित पत्रकारलाई निःशुल्क परामर्श सेवा दिने भएका छन्।

आज नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र चिकित्सकद्वय बीच कर्णालीका १० वटै जिल्लाका कोरोना सङ्क्रमित पत्रकार र उनीहरुका परिवारलाई निःशुल्क परामर्श सेवा दिने गरी सम्झौता भएको हो । कोरोना सङ्क्रमणका कारण दिनप्रतिदिन पत्रकार सङ्क्रमित हुन थालेपछि सङ्क्रमित पत्रकार र उनीहरुको परिवारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले महासङ्घको पहलमा सम्झौता गरिएको हो ।

डा केसी र न्यौपानेले नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण रहुन्जेल पत्रकारसहित परिवारको स्वास्थ्य अवस्था, उपचार र त्यसबाट बच्न अपनाउनुपर्ने उपाय, आइसोलेशनमा रहँदा ध्यान दिनुपर्ने कुराबारे निःशुल्क परामर्श दिनेगरी सम्झौता भएको महासङ्घका अध्यक्ष देवीराम देवकोटाले जानकारी दिए ।

‘सम्झौताअनुसार सङ्क्रमित पत्रकारसहित परिवारका सदस्यले डा केसी र न्यौपानेलाई फोन गरी आफूलाई देखिएको समस्याबारे कुरा राख्नेछन्, जसको समाधानका लागि फोनमार्फत र भौतिक भेटेर आवश्यक परामर्श सेवा डा द्वयले दिनुहुनेछ’, अध्यक्ष देवकोटाले भने । डा .केसी र न्यौपानेले कोरोना महामारीको अवधिभर यहाँका सङ्क्रमितको उपचारमा विशेष भूमिका निर्वाह गर्दै आएका छन् ।