२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरघरमा कोरोनाका बिरामी देखिन थालेपछि स्थानीयवासीमा डर बढ्दै

अ+ अ-

कैलाली । दोस्रो लहरको कोभिड–१९ का सङ्क्रमित बिरामी घरघरमा देखिन थालेपछि धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासीमा मनमा एक किसिमको डर बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणको जोखिम दिन प्रतिदिन बढ्दै गई कोरोनाका बिरामी गाउँमा छरछिमेक वरिपरि देखिन थालेपछि मन डर, त्रासले बेचैन हुन थालेको धनगढी–२ का स्थानीयवासी दुर्गा जोशीले बताए।

‘कोरोनाबाट ज्यान गुमाउने र सङ्क्रमितको सङ्ख्या घटनुको साटो बढ्दै गइरहेको छ’, स्थानीयवासी जोेशीले भने, ‘अघिल्लो वर्षमा कोभिडका बिरामी गाउँ–टोलतिर कोही पनि थिएनन् तर यसपालि भने कोभिडका बिरामी मात्र नभई यसबाट ज्यान गुमाउने व्यक्ति गाउँमा आफ्नै आँखा अगाडि देख्न सकिन्छ, जसले गर्दा मनमा एक किसिमको डर लागिरहन्छ ।’

मन्टेश्वरी स्कूलकी शिक्षिकासमेत रहेकी जोशीले पछिल्ला केही दिनयता त सामाजिक सञ्जाल खोल्नसमेत डर लाग्ने गरेको कुरा सुनाए। उनले भने, ‘फेसबुक खोल्दा फेसबुक पेजभरि कोरोनाबाट मृत्यु भएकाहरुको हार्दिक श्रद्धाञ्जलिबाहेक केही हुँदैन, कुनै आफन्तले फोन गर्दा समेत अब कस्तो प्रकारको खबर सुनिन्छ भन्ने मनमा चिन्ता छाइरहन्छ ।’

गाउँमा आफ्नै छरछिमेक वरिपरि कोरोनाका बिरामी रहेका छन् । घर नजिकै रहेको पसलमा हिजोआज सरसामान किन्न जानसमेत एकदमै अप्ठ्यारो महसुस हुने गरेको उनले बताए । ‘गत वर्ष कोरोनाका बिरामी गाउँमा नरहेको सुन्नमा आएकामा यसपालि त कोरोनाबाट गाउँमा केही व्यक्तिको मृत्यु भइसकेको छ । मन अझै अत्तालिन्छ’, उनले भने ।

रोजगारीका लागि छिमेकी राष्ट्र भारत पसेकाहरु समेत यतिबेला भारतका विभिन्न शहरमा कोरोनाको महामारी फैलिएपछि गौरीफन्टा सीमा नाका हुँदै केही व्यक्ति गाउँमा प्रवेश गरेपछि अझ डर, त्रास बढेको धनगढी–२ कै स्थानीयवासी हरि नेपालीले बताए। घर फर्केकाहरु होम आइसोलेशनमा छुट्टै नबसी घर परिवारसँगै बस्ने गरेको उहाँको भनाइ छ । उनले भने, ‘सतर्कता नअपनाउँदा स्थिति थप जटिल हुनसक्छ ।’

गाउँमा सङ्क्रमित खुलमखुला हिँड्डुल गर्ने गरेका कारण पनि चिन्ता हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । समयमै सबैले सचेत हुन र सरोकारवालाहरुले यसमा विशेष ध्यान दिन जरुरी रहेको उनको भनाइ छ ।