२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गेटामा कोरोना केयर सेन्टर सुरु

अ+ अ-

धनगढी । कोरोना सङ्क्रमितले अस्पतालमा श्यया नपाइरहेका अवस्थामा कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा कोरोना केयर सेन्टर सञ्चालनमा आएको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाका कारण कैलालीमा निकै जोखिम बढ्नुका साथै अस्पतालमा समेत स्थान अभावको समस्या भएको हुँदा कोरोना केयर सेन्टर आइतबारदेखि सञ्चालनमा ल्याइएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।

यसअघि पाँच सय श्ययाको आइसोलेशन बनाउने गरी तयारी गरिए पनि विविध कारणले हाल ५० श्ययाको कोरोना केयर सेन्टर तयार गरिएको भट्टले जानकारी दिए।

निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अगुवाइमा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो केयर सेन्टर सञ्चालनमा आएको हो ।

एक महिनादेखि निर्माणको प्रक्रियामा रहेको आइसोलेसन यसअघि अक्सिजन ग्यास र जनशक्ति व्यवस्थापन नहुँदा सेवा सुरुवात गर्नमा ढिलाइ भइरहेको बताइएको छ ।