२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन

अ+ अ-

काठमाडौँ । स्थानीय युवाहरुको सक्रियतामा काठमाडौँ महानगरपालिका–९ मा १५ शय्याको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसँगै महानगरपालिकाको प्राविधिक सहयोगमा मातृका आँखा केन्द्रको व्यवस्थापनमा शारदा माध्यमिक विद्यालयमा १५ शय्याको आइसोलेशन केन्द्र सोमबारदेखि सञ्चालनमा आएको हो ।

विजयचोक युवा क्लब, मिरमिरे युवा समाज, सिनामङ्गल युथ एलायन्स, पञ्चकुमारी समाज, कृति फाउण्डेशन तथा नव न्यानो फाउण्डेशनको स्वयंसेवामा सबै वर्ग तथा होम आइसोलेशनमा बसी उपचार गर्न निर्देशन पाएका व्यक्तिका लागि आइसोलेशन केन्द्र सञ्चालन गरिएको हो । हाल १५ शय्याबाट शुरु भए पनि चाप बढेसँगै यसको क्षमता विस्तार गरी ६० शय्यासम्म बनाउने तयारी गरिएको केन्द्रका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।

चौबीसै घण्टा चिकित्सक र नर्स सेवासहित निःशुल्क औषधि तथा खाना व्यवस्थापन, दैनिक योग अभ्यास र घरमै आइसोलेशनमा बसेका बिरामीका लागिसमेत टेलिफोनबाट परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

अक्सिजन, भेन्टिलेटर र आइसियू सेवा आवश्यक पर्ने बिरामीबाहेकका अन्य कोरोना पोजिटिभ देखिएका बिरामीलाई केन्द्रबाट निःशुल्क सेवा उपलब्ध गराइने छ । परिवारका अन्य सदस्यसँग निरन्तर सम्पर्क रहनसक्ने व्यवस्था मिलाइएको आइसोलेशन केन्द्रका संयोजक सन्तोष नेपालले बताए ।

सेन्टरमा सेवा लिनका लागि बिरामी तथा आफन्तले ९८५१०२९०५९ सन्तोष नेपाल, ९८५१०६१२१४ दिनेशविक्रम शाह, ९८४९९५०९०९९ देवेन्द्र आचार्य र ९८५१०९६३८७ शिव मगरातीसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।