२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो: डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गरेका छन् ।

स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार? विषयक बजेट समीक्षा’ कार्यक्रममा उनले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताए ।

‘निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,’ उनले भने, ‘भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।’

नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भने,‘भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताएका छन् । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गरे । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताए ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताएका थिए ।