२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राउटे समुदायमा भेटिएन कोरोना

अ+ अ-

दैलेख । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायमा कोभिड–१९ सङ्क्रमण भेटिएन ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११आपसोती जनैघाट जङगलको भेरी नदी किनारमा बसोबास गर्दै आएका ती समुदायको एन्टिजेनबाट स्वाव सङ्कलन गरिएको थियो । सङ्कलित स्वावको रिपोर्ट नेगेटिभ आएसँगै सो समुदायमा कोरोना पुष्टि नभएको हो ।

परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको गुराँस गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक निराजन विष्टले जानकारी दिए । ृनले भने, ‘गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली राउटेका बस्तिमै पुगेर स्वाव सङ्कलन गरिएको थियो । परीक्षण गराएकामा कसैको पनि कोरोना पुष्टि भएन ।’

उनले कति जनाको स्वाव सङ्कलन गरिएको थियो भन्ने जानकारी दिएनन् । राउटे महिलाले करोना परीक्षण ‘आफ्नो धर्म विरुद्ध हुने ’जनाउँदै स्वाव सङ्कलन गर्न अस्वीकार गरेका बताइएको छ । स्वाव सङ्कलन गर्नु अगाडि राउटेका मुखिया सूर्यनारायण शाहीले आफ्नो जनतामा कोरोना नलागेकोे जनाउँदै परीक्षण नगर्न आग्रह गर्दै आएका थिए ।

‘मेरो जनतासँग कोरोना छैन । सरसफाइ गरेकै छौं । किन स्वाव लिनु पर्यो ? जनता डराउँछ । कहिल्यै पनि तपाइँको जस्तो उपचार गरेको छैन । बरु हाम्रो समुदायमा गैर राउटेलाई आउन नदिन प्रहरी पठाइ दिनुहोला ।’ उनलृे भने ।

केहीदिन अगाडि राउटे युवक शिवराज शाहीको मृत्यु भएको थियो । आफ्नो समुदायमा सक्रिय शाहीको मृत्युपछि कोरोना आशंकामा स्वाव सङ्कलन गरिएको सहयोगी संस्था सोसेकले जनाएको छ । अहिले पनि ती समुदायलाई खाद्यान्नको जोहो गर्न विभिन्न गाउँ बजार डुलिरहनु पर्ने बाध्यता छ । कोरोनाको आशंकामा राउटे समुदायको परीक्षण गरिएको सोसेकका संस्थापक अध्यक्ष हिरासिंह थापाले जानकारी दिए ।

गुराँस गाउँपालिकाले राउटे नागरिकलाई स्थायी बासिन्दाको प्रमाणपत्र दिइसकेको । प्रदेश सामाजिक विकास मन्त्रालय, गुर्भाकोट नगरपालिका, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र गुराँस गाउँपालिकाको संयुक्त प्रयासमा कर्णाली प्रदेशको गहना भनेर चिनिने राउटे समुदायमा कोरोना परीक्षण गराएको थियो ।