२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पानीजन्य रोगको जोखिम बढ्न सक्छ, सचेत होऔँ ’

अ+ अ-

काठमाडौँ । वर्षातको समयमा बाढीपहिराको जोखिमसँगै पानीजन्य रोगको जोखिम हुने भएकाले सचेतता अपनाउन सरकारले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरोको जोखिमसँगै लामखुट्टेले सार्ने रोग तथा सरसफाईसम्बन्धी जनस्वास्थ्यका समस्या बढ्ने भएकाले आवश्यक सजगता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार उद्धार, राहत आदि कार्यमा जुट्दा कोभिड १९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गरी पालना गराउन, सफा पिउने पानीको प्रबन्ध गर्न, उपयुक्त गाँस बाँसको प्रबन्धसँगै सरसफाईमा ध्यान दिन सबैको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै लामखुट्टेको टोकाइबाट बच्ने उपायमा ध्यान दिन ध्यानकर्षण गराउँदै मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधी, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रयास गरिरहेको जनाएको छ । यस्तै स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशका सम्बन्धित निकाय मार्फत आपतकालीन केन्द्रले समन्वयको व्यवस्था गरिरहेको जानकारी गराएको छ । मन्त्रालयले वर्षायामको शुरुआतसँगै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, बाजुरा, डोटीलगायतका जिल्लामा भएको क्षति एवम् सर्वसाधारणको दुःखद निधनले मन्त्रायल स्तब्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले विपद्को यो समयमा खोजी तथा प्रभावित व्यक्तिको उद्धारमा सरकारको संयन्त्र परिचालन भएकाले साथ र सहयोगको अपेक्षा गरेको छ ।