१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

अ+ अ-

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार संरक्षणका लागि प्रयोग भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको छ । बेनी बजारलाई कालीगण्डकी र म्याग्दी नदीको कटानबाट बचाउन रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले चालु आर्थिक वर्षदेखि कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्न थालेको थियो । यसअघि नदी किनारमा ढलान, ग्यावीयन र मेसिनरी पर्खाल निर्माण गरिदै आएको थियो ।

बेनी नगरपालिका–८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले जगमा आरसिसी र माथि मेसिनरी अथवा ग्यावीयन पर्खाल लगाउने कम्पोजिट पर्खाल सफल देखिएको बताए । ‘यस्तो पर्खाल लगाएको ठाउँमा बाढीले क्षति पु¥याएको छैन,’ उनले भने‘आगामी वर्षको योजनामा पनि यो खालको पर्खाललाई निरन्तरता दिने सोच छ।’ यस वर्ष मङ्गलाघाट र कालीपुल क्षेत्रमा एक सय मिटर भन्दा बढी उक्त पर्खाल निर्माण भएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा आरसिसी, मेसिनरी र ग्यावीयन पर्खाल बनाएर नदी नियन्त्रण गर्ने प्रस्ताव गरिएको थियो ।

खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी गरेको पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर कृष्ण बिश्वकर्माले बताए। मङ्गलाघाटतर्फ आरसिसी पर्खाल माथि साढे तीन मिटर अग्लो मेसिनरी र कालीपुल क्षेत्रमा साढे तीन मिटरकै अग्लो ग्यावीयन पर्खाल लगाइएको छ । कालीगण्डकीमा मङ्गलबार राति आएको बाढीले बेनीको सङ्गमचोक पछाडि र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब ३० मिटर ग्यावीयन पर्खाल लडाएर कटान गर्न थालेको छ । विसं २०७५ भदौमा कालीगण्डकीमा आएको बाढीले मङ्गलबार भत्किएको भन्दा माथि निर्माण भएको पक्कि पर्खाल पल्टाएको थियो ।

कम्पोजिट पर्खाल निर्माण भएको ठाउँमा बाढीले क्षति पुर्याएको छैन् । अस्थाइ प्रकृतिको ग्यावीयन र पक्कि आरसिसी पर्खाल दुबैले बाढी थेग्न नसकेपछि विकल्पमा उक्त पर्खाललाई प्राथमिकता दिएको परियोजनाका इञ्जिनियर बिश्वकर्माले बताए ।

यसअघि निर्माण भएको पक्कि आरसिसी पर्खाल बाढीले लडाएपछि त्यसको विकल्प खोजीएको थियो । परियोजनाले यस वर्ष म्याग्दी बेनी तर्फ रु. तीन करोड र पर्वत बेनीतर्फ रु. दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको छ ।

जलजला गाउँपालिका ३ मा पर्ने गुफाटोल क्षेत्रमा ४५ मिटर लामो र ६ मिटर अग्लो पक्की पर्खाल निर्माण भएको छ । वारिबेनी र बगरफाँट स्थित कालीगण्डकी किनारमा थप ग्यावीयन पर्खाल निर्माण भएको छ । म्याग्दी बेनी तर्फ पनि यसअघि निर्माण भएको पर्खाल संरक्षणका लागि थप पर्खाल लगाइएको छ । उर्जा, सिँचाई तथा जलस्रोत मन्त्रालयको जोखिमयुक्त जिल्ला सदरमुकाम बचावट कार्यक्रम अन्तरगत परियोजनाले बेनीमा तीन वर्षयता नदी नियन्त्रण आयोजना सञ्चालन गर्दै आएको छ ।

बरञ्जा जोड्ने नमूना सडक स्तरोन्नति
जिल्लाको मङ्गला गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने बरञ्जालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरञ्जा सडक स्तरोन्नति भएको छ । विस २०७५ मा गाउँपालिकाले ट्रयाक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी–३ न. वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको ज्यामीरे, ३ नम्बर वडा कार्यालय, पहिरो खोरीया, खस्रुपानी र तोरीडाडा क्षेत्रमा स्तरोन्नति गरिएको हो ।

रु. दुई करोड ८० लाख ९८ हजार ३२४ मा गत माघमा ठेक्का सम्झौता गरेको देब एण्ड सायर–तिलक जेभीले निर्धारित समयभित्रनै काम सकेको जनाएको छ । असार महिनासम्म ठेक्काको म्याद भएपनि जेठमै काम सकिएको देब एण्ड सायर तिलक जेभीका साइट इञ्चार्ज लालबहादुर रोकाले बताए ।

‘सडक फराकिलो बनाउने, ग्यावीयन, मेसिनरी पर्खाल, नाली निर्माण, ग्रेड र मोड सुधार गरिएको छ’, उनले भने, ‘कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थामा पनि पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाएर लक्ष्य अघिनै सडक निर्माण गरेका हौ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले निर्माण ब्यवसायीले गरेको कामको अन्तिम भुक्तानीका लागि अनुगमन मूल्याङ्कनको चरणमा रहेको बताए । पहिराले भत्काएको ठाउँमा मर्मत गर्न लगाइएको छ ।

गत वर्ष रु. एक करोड ८३ लाखमा यो सडकको पोक देखि ज्यामीरे हुदै पहिरो खोरीया क्षेत्रमा स्तरोन्नति गरिएको थियो । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा यो सडक स्तरोन्नतिका लागि बहुवर्षे क्रमागत आयोजना सञ्चालन गरिएको अध्यक्ष सतप्रसाद रोकाले बताए । बाह्रै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्य सहित ग्रामीण क्षेत्रको नमूना सडक आयोजना सञ्चालन गरिएको हो । यसअघि तीन देखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको छ। मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको प्राविधिक विपिन आचार्यले बताए ।

साबिक बरञ्जा गाबिसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको छ। यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन्। यो गाउँपालिकाको गौरवको आयोजना हो। पोकदेखि बुकेनीसम्मको दूरी ६ किलोमिटर छ। पहिरो र भू—क्षय रोकथामका लागि बिस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका विरुवा रोपिएको छ ।

प्रतिक्रिया दिनुहोस