२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

अ+ अ-

काठमाडौँ । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुुटिङ विधाकी कल्पना परियार, एथेलेटिक्समा सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र अलेक्सजङ्ग शाह र जुुडोमा सोनिया भट्टले यस पटक नेपालको प्रतिनिधित्व गर्ने छन् ।

नेपालको अनुरोधमा आ–आफ्नो खेलविधामा पुर्याएको योगदानका आधारमा उनीहरु पाँचैजना वाइल्ड कार्डमार्फत छनोटमा परेका हुन् । छनोट हुनेमध्ये १० मिटर एयर राइफलकी अब्बल परियार र १०० मिटर एथेलेटिक्समा राष्ट्रिय कीर्तिमानधारी चौधरी नेपाली सेनाका खेलाडी रहका छन् ।

सेनाद्वारा खेलाडी सम्मान

सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम गर्यो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।

सो अवसरमा प्रधानसेनापति थापाले मुलुकको खेलकूद क्षेत्रको विकासमा सेनाले गौरव गर्न लायक रूपमा दिँदै आएको योगदान र निरन्तरका आधारमा हालसम्म सङ्गठनका २४ खेलाडीले ओलम्पिकमा आफ्नो कौशल प्रस्तुत गर्न सफल भएको बताए ।

उनले भने, ‘ओलम्पिकमा सहभागी हुन पाउनु सेना र राष्ट्रका लागि महत्वपूर्ण अवसर हो । सैनिक खेलाडीलाई खेलविधामार्फत नेपाल र नेपालीको प्रतिष्ठा बढाउने अवसर प्राप्त भएको छ ।’ जापानको टोकियोमै आजभन्दा ५६ वर्षअघि अर्थात् सन् १९६४ मा भएको ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिताको मौका पाएको थियो ।

उक्त ओलम्पिकमा भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए । पहिलो प्रवेशको करीब ५६ वर्षपछि टोकियोमा नेपाली खेलाडीलाई चार खेल विधामा मैदानमा उत्रने अवसर मिलेको छ । संसारकै सबैभन्दा ठूलो खेलकूद कुम्भ मेलामा सहभागिता पाउनु नै पनि राष्ट्रका लागि ठूला प्रतिष्ठा हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेल क्षेत्रमा लागेका सबैको सपनाका रुपमा रहेको ओलम्पिकमा छनोट हुनुु पाउनु खेलाडीका लागि निकै ठूलो गौरवको विषय भएको बताए । उनले भने, ‘ओलम्पिकका लागि १२ जना प्रशिक्षार्थीलाई छात्रवृत्ति प्रदान गरेकामा पाँचजना ‘वाइल्डकार्ड’ मार्फत छनोटमा पर्न सफल हुनुभएको छ ।’

नेपाल खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले सहभागिताको दृष्टिकोणबाट दीपक विष्ट र सङ्गीना वैद्यको प्रतिस्पर्धाका आधारमा भए पनि अरू बेला वाइल्डकार्डमार्फत प्रतिनिधित्व हुँदै आएको बताए । उनले भने, ‘विगतमा पौडी र एथेलेटिक्समा दुई–दुईजना खेलाडीको अनिवार्य गरेकामा यस पटक भने एथेलेटिक्समा एकजना कटाएको छ, अरू खेलमा हाम्रो प्रदर्शन र ओलम्पिकको खाली रहेको ठाउँमा चार विधामा पाँच खेलाडी पठाउने अवसर पाएका छौँ ।’

नेपाली सेना सैनिक शारिरीक तालीम तथा खेलकूद केन्द्रका प्रमुख शशीकिरण रायमाझीले सेनामा खेलकूदका लागि संस्थापक रुपमा त्रिभुवन आर्मी क्लब स्थापनाबाट शुरु भएपछि तल्लो तहबाट खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्दै आएको आधार र निरन्तरताले हाम्रा खेलाडी ओलम्पिक छनोटमा योग्य ठहरिनु निकै खुशीको क्षण भएको प्रतिक्रिया दिउ ।

त्रिभुवन आर्मी क्लब मुलुकको खेलकूद क्षेत्रका च्याम्पियन विभागीय टिम हो । नेपालका तर्फबाट सहभागी पाँचमध्ये चार अर्थात् ८० प्रतिशत महिला खेलाडी छन् । परिषद् र ओलम्पिक कमिटीले पहिलोपटक यस पटक खेलाडीलाई उत्साह र राम्रो प्रदर्शनी होस् भनेर पाँचतारे होटेलमा राखेर प्रशिक्षण दिइएको छ ।