२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाता नामावली अद्यावधिक सुरु

अ+ अ-

डोटी । जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरुआत गरेको छ ।

कार्यालयले यहाँका नौ वटै स्थानीय तहमा नागरिकलाई आफ्नो नामावली दर्ता, जन्ममिति सच्याउन तथा स्थान परिवर्तनका लागि कार्यालयमा प्रमाणसहित आउन आग्रह गरेको छ ।

कार्यालयले यहाँका राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय तहका जनप्रतिनिधिसँगका सहकार्यमा यही साउन ३ गतेदेखि अद्यावधिकको काम सुरु भएको कार्यालय प्रमुख दलबहादुर मलासीले जानकारी दिए । जिल्लाका कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको कार्यालयले जनाएको छ । ती नामको अद्यावधिक गर्न राजनीतिक दल र स्थानीय निकायलाई सहजीकरणका लागि आग्रह गरिएको उनले बताए।

विसं २०७४ मा भएको प्रतिनिधिसभाका निर्वाचनमा जिल्लामा ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष मतदाता रहेका थिए । अहिले मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहने अनुमान कार्यालयको छ । थपिएकाको नामावली अद्यावधिकको कामका लागि सबै राजनीतिक दलहरुलाई सहयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

अद्यावधिकका क्रममा नाम दोहोरिएको, मृत्यु भएको, ठाउँ परिवर्तन, श्रीमान्, श्रीमतीको नाम परिवर्तन (सच्याउन) तथा नामावलीमा अन्य कुनै त्रुटि भएको भए सच्याइने कार्यालयले जनाएको छ । सो निर्वाचनमा जिल्लामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ र समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको थियो ।