२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञामा ६८० महिला तथा बालबालिकामाथि हिंसा

अ+ अ-

काठमाडौँ । कोभिड–१९ रोकथामका लागि जारी भएको निषेधाज्ञाको समयमा ६८० महिला तथा बालबालिकामाथि हिंसाको घटना भएको छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सङ्कलन गरेको घटनाका आधारमा निषेधाज्ञाको समयमा धेरै महिला र बालबालिका पीडित भएको पाइएको हो । ओरेकले वैशाख १६ देखि असार ३१ गतेसम्म सङ्कलन भएका घटनाका आधार बनाएर अध्ययन गरेको थियो ।

सो अवधिमा अभिलेखीकरण भएकामध्ये सबैभन्दा बढी ३४१ घटना घरेलु हिंसा रहेको छ । झण्डै ५० प्रतिशत घरेलु हिंसाको घटना भएको तथ्याङ्कले देखाएको छ । एक सय ६८ शारीरिक हिंसा, ५८ गालीगलौच र मानसिक हिंसा, ३७ वटा चारित्रिक आरोपका घटना छन् । घटना हुनुको कारण विश्लेषण गर्दा महिलाले दाइजो नल्याएको वा कम ल्याएको, छोरा नजन्माएको निहुँ, विवाहको लामो समयसम्म सन्तान नजन्मिएको लगायत विषयमा महिलालाई दोष लगाएर गालीगलौच गरेको पाइएको छ ।

हिंसा पीडिक महिलामध्ये २८ जनालाई परिवारमा माया नदिएर बेवास्ता गरिएको, १० जनालाई विवाह दर्ता नभएको, आठलाई नागरिकता नबनाएको र पाँच जनालाई स्वास्थ्योपचार नदिएको बताइएको छ ।

यस अवधिमा भएका घटनामध्ये २१ प्रतिशत बलात्कार, नौ प्रतिशत सामाजिक हिंसा, एक प्रतिशत बलात्कारको प्रयास, तीन प्रतिशत यौन दुव्र्यवहार र दुई प्रतिशत हत्याको प्रयास रहेको छ । यस अवधिमा तीन आत्महत्याको प्रयास, पाँच एसिड आक्रमण, १७ अलपत्र पारिएको र एक विद्युतीय अपराधसँग सम्बन्धित घटना रहेको छ ।

यस अवधिमा भएका घटनाका आधारमा हिंसा गर्नेमा सबैभन्दा धेरै ३११ श्रीमान् रहेका छन् । एक सय १८ परिवारका अरु सदस्य रहेका छन् । सो तथ्याङ्कका आधारमा घर र परिवारमा सबैभन्दा सुरक्षित हुनुपर्ने भए पनि त्यही महिला र बालिका असुरक्षित भएको पाइएको छ ।