२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

अ+ अ-

गोरखा । सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरबाहीका कारण लामो समयदेखि सो सडक खण्डको काम अवरुद्ध छ ।

गोरखा नगरपालिका–४ का वडाध्यक्ष रामशरण अधिकारीले आज हिलाम्मे सडकमा कोदो रोपेको जानकारी दिए । ढुङ्गागाडे मोडमा वर्षौँदेखि सडक निर्माण अलपत्र हुँदा बर्खाका बेला यात्रुहरु हिलाम्मे र हिउँदमा धुलाम्मे हुनुपर्ने बाध्यता छ । गोरखा–४ र ८ को बिचमा पर्ने ढुङ्गागाडे मोडमा नगरपालिकाभित्रका वडा नं १, २, ४ र ८ का वडाध्यक्ष सहितका जनप्रतिनिधि भेला भएर कोदो रोपाइँ गरेको उनले बताए ।

‘नगरपालिकाभित्रै मूल सडकमा अहिले एम्बुलेन्ससम्म पनि गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘ठुला सवारी साधनसमेत घण्टौँ फस्ने गरेका छन्, अझै कति समय नागरिकले हैरानी खेप्नुपर्ने हो थाहा छैन ।’ ठेकेदार कम्पनीलाई पटक–पटक सडक छिटो निर्माण गर्न दबाब दिएको भए पनि चासो नदिएको उनले बताए ।

बानिया कन्स्ट्रक्सन निर्माण सेवा हेटौँडाले उक्त सडकखण्ड कालोपत्रेको ठेक्का लिएको छ । यहाँको दोस्रो ठुलो व्यापारिक केन्द्र आरु घाट बजारसम्म जोडिने मूल सडक भएकाले पूर्वाधार विकास कार्यालयले बर्खाका बेला कम्तीमा एकलेन चल्ने सक्ने अवस्थामा बाह्रै महिना सवारी आवागमनमा कुनै समस्या नहुने गरी काम सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिए पनि अटेरी गरेको कार्यालयका इन्जिनियर गणेश सुवेदीले जानकारी दिए ।

‘सडक निर्माणका जिम्मा लिएपछि निर्माण कम्पनीले नियमित सवारी चल्ने अवस्थामा सडकलाई राख्नुपर्छ’, उनले भने, ‘यसका लागि कार्यालयले बारम्बार लिखित तथा मौखिक रूपमा ठेकेदार कम्पनीलाई त्यहीअनुसारको निर्देशन दिएका छौँ, तर उनीहरुले हेलचेक्र्याइँ गरिरहेका छन् ।’ जनप्रतिनिधि र स्थानीयवासीले कोदो रोपाइँ गरेको स्थानमा बर्खामा एक लेन मात्र पनि ढलान गरेर सक्न कार्यालयले निर्देशन दिएको भए पनि ठेकेदारले अटेरी गरेको उनले बताए ।

ठेकेदारले निर्माण सामग्रीको अभाव देखाउने गरेको इन्जिनियर सुवेदीको भनाइ छ । करिब रु आठ करोड ५० लाखको लगानीमा गोरखा सदरमुकामस्थित हस्पिटल चोकबाट आहाले फिनाम लाकुरीबोटसम्म ४.६ किलोमिटर सडक निर्माणको बानिया कन्स्ट्रक्सनले पाएको छ । ठेकेदारको लापरबाहीका कारण अहिले थोरै वर्षा हुने बित्तिकै साना तथा ठुला सवारीलाई चल्न सक्दैनन् ।

दैनिक दर्जनौँ सवारी साधन र यात्रुले हैरानी खेप्नुपरेको भए पनि स्थानीय जनप्रतिनिधिले चासो नलिएको जनाउँदै सर्वसाधारण र यात्रुहरूले चर्को विरोध गरेपछि जनप्रतिनिधिले विरोधस्वरुप ठेकेदार कम्पनी र आयोजना कार्यालयको ध्यानाकर्षण गराउन कोदो रोपाइँ गरेको वडाध्यक्ष अधिकारीको भनाइ छ । उनले सडकमा तत्काल सवारी चल्ने अवस्था नरहे आफूहरु धर्नामा बस्न बाध्य हुने बताए ।