२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बरामद सुन र पैसामा हिनामिना गरेको प्रहरीमाथि आरोप

अ+ अ-

डोटी । जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा पक्राउ गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो ।

रकम र सुन भारतबाट चोरी गरी ल्याएको आरोपमा स्थानीय ६० वर्षीया काली भुललाई पक्राउ गरिएको थियो । पक्राउ गरिएकी महिलालाई केही दिन हिरासतमा राखी प्रहरीले छाडेको थियो । उक्त सुन र रकम प्रहरीले हिनामिना गरेको भन्दै यहाँका नागरिक प्रहरीप्रति आक्रोशित बनेका छन् । उनीहरुले सुन र पैसाका विषयमा आधारिक जानकारी दिन माग गरेका छन् ।

केआइसिंह–६ भिताणी गाउँबाट कूल एक किलो १०० ग्राम पक्राउ गरिएको सुन र रकमका विषयमा अहिलेसम्म पनि प्रहरीले आधिकारिक खबर सार्वजनिक नगरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका हुन् । जिल्ला प्रहरी कार्यालयको टोलीले सुन र नगद बरामदसँगै भिताणी गाउँबाट दुई जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको सुन तथा पक्राउ पर्ने व्यक्तिका विषयमा अहिलेसम्म सार्वजनिक नगरेको सञ्चारकर्मी केशवचन्द्र महराले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशी र इलाका प्रहरी कार्यालय दिपायलका तत्कालीन प्रहरी नायब निरीक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोप्य सूचनाका आधारमा दिपायलबाट सुन र रकम बोकेर तराई जाने क्रममा कुलपातेबाट भुललाई पक्राउ गरेको थियो ।

प्रहरीले काली र उनका भतिजालाई एक दिन हिरासतमा राखेर दोस्रो दिन बयानपश्चात् छाडेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार पक्राउ गरिएको सुन तथा रकम प्रहरी प्रधान कार्यालयमा बुझाइएको छ । प्रहरीले उक्त प्रकरणमा जोडिएका अन्य व्यक्ति अझै फरार रहेका जनाएको छ ।

प्रहरी उपरीक्षक दानबहादुर मल्लले भारतीय दूतावास हुँदै हेडक्वाटरमार्फत आफूहरुलाई सूचना आएपछि बरामद गरिएको सुन र नगद प्रहरी प्रधान कार्यालयमार्फत सम्बन्धित धनीलाई बुझाइएको बताए ।