२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिबाट कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै ध्यानाकर्षण

अ+ अ-

चितवन । जनप्रतिनिधिबाट कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै स्वास्थ्य कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कार्यालयले आज जारी गरेको विज्ञप्तिमा गत शुक्रबार प्रयोगशाला भवन खोप केन्द्रमा आफ्नो जिम्मेवारी पालना गर्दै खोप कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा कर्मचारीमाथि जनप्रतिनिधिबाट दुव्र्यवहार भएको जनाइएको छ ।

सो दिन भरतपुर महानगरपालिका–१० का अध्यक्ष अरुणपीडित भण्डारीले खोप केन्द्रमा रहेका कर्मचारीसँग भनाभन भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विज्ञप्तिमा भनिएको छ, ‘महामारीमा आफ्नो र परिवारको जीवनलाई समेत धरापमा राखेर अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीको योगदानको कदर गर्दै अनुकरणीय कार्यको प्रशंसा एवं सहयोग गर्नुको साटो उल्टो धम्क्याउने र गालीगलोज गर्नु सर्वथा निन्दनीय कार्य हो ।’ सबै सरोकारवाला निकाय मिलेर स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाइदिन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

सेवा प्रदानका सम्बन्धमा भएका गुनासाहरु विधि र प्रक्रियाअनुसार राख्नसमेत अनुरोध गरिएको छ । कार्यालयका प्रमुख दीपकप्रसाद तिवारीद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा कर्मचारीको मनोबल खस्किन नदिई कार्य प्रेरणा बढाउनाका साथै यस प्रकारको घटना भविष्यमा दोहोरिन नदिन आग्रह गरिएको छ ।