१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वरूप परिवर्तन गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा

अ अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम विपरीत स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाई गरेर चलाएका दुईपाङ्ग्रे सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो । ट्राफिक प्रहरीले ३४७ वटा बुलेट, १७ वटा क्रसफायर, ११ वटा एनएस, ४ वटा स्कुटर, २/२ वटा डुकाटी र एमटी, १/१ वटा डोमिनार र केटिएम डुक र ८ वटा अन्य सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

  एक साताको अवधिमा उक्त संख्यामा मोटरसाइकल, स्कुटर लगायतका दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए । 

सडकमा ध्वनि प्रदूषण बढाउने तथा अन्य सवारी चालक र सर्वसाधारणलाई असर पुर्‍याउने गरी मोटरसाइकल मोडिफाई गर्ने प्रवृत्ति नियन्त्रण गर्न अभियान नै सञ्चालन गरिएको उनले बताए । उनकाअनुसार निजी सवारीसाधन भन्दै आफूखुशी स्वरूप परिवर्तन गरी सडकमा चलाउने प्रवृत्ति बढ्दै गएको छ । यस्तो गतिविधिले चालक स्वयंलाई जोखिममा पार्ने र सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा समेत असर पार्ने उनको भनाई छ । उनकाअनुसार ट्राफिक प्रहरीले मोडिफाई गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिएर यातायात व्यवस्था कार्यालयमा पठाउने गरेको छ । विभागले कानूनी प्रक्रिया पूरा भएपछि मोटरसाइकललाई शोरुमबाट निस्कँदाको मूल स्वरूपमा फर्काएर मात्र सम्बन्धित धनीलाई जिम्मा लगाउने उनले जानकारी दिए। मोडिफाई गरिएका पार्टपुर्जासमेत परिवर्तन गरी मोटरसाइकललाई पुरानै अवस्थामा ल्याएपछि मात्र हस्तान्तरण गर्ने गरिएको उनको भनाई छ ।

 पटक-पटक नियम उल्लंघन गर्ने केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमै राखेको उनले जानकारी दिए। काफ्लेका अनुसार पाँचदेखि १० वटासम्म मोटरसाइकल पटक-पटक कारबाहीमा परेपछि नियन्त्रणमा राखिएको छ ।

उनले भने, ‘१ हप्ताको दौरानमा ४०१ वटा मोटर साइकलहरू समातेर आवश्यक कानुनी कारबाही गर्दैछौं । हाम्रो एउटै मात्र उद्देश्य के हो भने सडकमा कुनै पनि नागरिकलाई साउन्ड पोलुसनको कारणले अरु दुर्घटना अथवा उनलाई हेल्थको ह्याजार्ड नहोस् भन्ने नै हो । साथै सडकमा मनलाग्दी तरिकाले आफूले चाहे अनुसारले सवारी साधन चलाउने र जसको कारणले अरूलाई असर गर्ने काम गर्नु हुँदैन । पछिल्लो समयमा जे गर्दा पनि हुन्छ, सडकमा हिँड्ने सवारी साधन मेरो सम्पत्ति भएको हुनाले जसरी मोडिफाई गर्न पनि पाउँछ भन्ने खालको ट्रेन्ड जस्तै बसेको छ । यसले कसैलाई पनि फाइदा गर्दैन । यो स्वयं चालकलाई पनि एकदमै रिस्की हुन्छ । यो गैरकानूनी क्रियाकलाप हो र हामी यसलाई नियन्त्रण गर्ने प्रयासमा छौं । यो जति पनि मोडिफाई गरेका सवारी साधनहरू छन्, त्यो मोडिफाई गरेका सवारी साधनहरूको जरिवाना चाहिँ यातायात व्यवस्था कार्यालयले गर्छ । हामीले गर्दैनौं, हामीले चिट काटेर पठाउँछौं । उहाँहरूले चिट काटेर आइसकेपछि शोरुमबाट निस्किँदाखेरि जुन अवस्थामा मोटर साइकल थियो, त्यही अवस्थामा बनाएर हामी उहाँहरूलाई ह्यान्ड ओभर गर्छौं । चेन्ज गरेका पाट्र्सहरु सबै चेन्ज गर्न लगाउँछौं । अहिले जति पनि दुर्घटना हेर्नुहुन्छ भने हाम्रो ६० देखि ७० प्रतिशत दुर्घटना २ पाङ्ग्रे सवारी साधनमै छ । यो आर्थिक वर्षमा पनि अधिकांश ठाउँमा २ पाङ्ग्रेबाट नै दुर्घटनाको कारणले मान्छेहरूले मृत्युवरण गर्नु परेको र घाइते हुनुपरेको अवस्था छ । त्यसैले २ पाङ्ग्रे सवारी साधन आफैँमा संयमित भएर चलाउनु पर्ने सवारी साधन हो । त्यसमा पनि मोडिफाई गरेपछि त यसले जे रूपमा काम गर्नुपर्ने हो, त्यो काम नगर्ने हुनाले अरु थप दुर्घटना भएको देखिन्छ ।’

प्रमुख काफ्लेले मोडिफाई गरिएका दुईपाङ्ग्रे सवारीसाधनले निर्धारित कार्यक्षमतामा असर पार्न सक्ने र दुर्घटनाको जोखिम थप बढाउन सक्ने बताए। उनकाअनुसार दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनामा बढी संलग्न हुने गरेको छ । काठमाडौं उपत्यकामा हुने कुल सवारी दुर्घटनामध्ये ६० देखि ७० प्रतिशत दुर्घटना दुईपाङ्ग्रे सवारीसाधनसँग सम्बन्धित रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाका कारण मृत्यु तथा घाइते हुनेको संख्या उल्लेख्य रहेको उनको भनाई छ । सडक सबैको साझा प्रयोगस्थल भएकाले प्रत्येक चालकले आफ्नो व्यवहारले अरूलाई असर पारेको छ कि छैन भन्ने विषयमा सचेत हुनुपर्नेमा उनले जोड दिए। ट्राफिक नियमको पालना र नागरिकको जिम्मेवार व्यवहारबाट मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुने उनले बताए ।

0 Comments