२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाको नाममा जग्गा नामसारी गर्ने बढे

अ+ अ-

खलङ्गा । जुम्लामा महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ । मालपोत कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्षमा २६३ जना महिलाको नाममा जग्गा नामसारी भएको कार्यालय प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । सो नाममा रु १३ लाख ३८ हजार ९९९ राजश्वमा छुट दिइएको छ ।

चन्दननाथ नगरपालिकाभित्रका ११८ महिलालाई २५ प्रतिशत र स्थानीय तहका १४५ महिलालाई ५० प्रतिशत रकम राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । राजस्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको सङ्ख्या बढेको छ ।

दलितले जग्गा नामसारी गर्दा २५ प्रतिशत राजस्वमा छुट दिइएको छ । अपाङ्गता भएका व्यक्ति र वृद्धलाई २५ प्रतिशत राजस्वमा छुट दिएको कार्यालय प्रमुख रोकायाले बताए । सो कार्यालयमा हुने भीडलाई मध्यनजर गर्दे टोकन प्रणाली लागू गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालयले जनाएको छ ।

टोकन प्रणालीबाट सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहीलाई आउन नपर्ने कार्यालयले जनाएको छ । टोकन प्रणाली लागू भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपुर्जा दिने गरिएको छ । मालपोत कार्यालय भनेको समयमै सेवा पाइँदैन र काममा ढिलासुस्ती हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागू गरिएको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।

मालपोत कार्यालय जुम्लाले गएको आर्थिक वर्ष २०७७/७८ मा रु एक करोड ९१ लाख ९६ हजार २३५ राजस्व सङ्कलन गरेको छ । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डा लगायतका विभिन्न शीर्षकमा राजस्व सङ्कलन भएको कार्यालयले गरेको छ । सङ्कलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजस्व कारोबार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको मालपोत कार्यालय जुम्लाले जनाएको छ ।