२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधेयक प्रस्ताव सर्वसम्मत पारित

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सो प्रस्ताव प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले सदनमा पेश गरेका थिए । उनले अर्थ व्यवस्थाको उचित स्रोत परिचालन र व्यवस्थापनमा विधेयकले मद्दत गर्ने बताए ।

मन्त्री मगरले कोष परिचालन, व्यवस्थापन तथा प्रदेशको बजेट बनाउन यो विधेयक उपयोगी हुने चर्चा गर्दै विधेयकले वित्तीय अनुशासन कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने कुरामा जोड दिए ।

‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलको क्रममा उठेका प्रश्नको जवाफमा मन्त्री मगरले कृषि क्षेत्रमा वितरण गरिने अनुदान दुरुपयोग हुन टनदिन विधेयक लाभदायी छ भने । उनले रु एक करोड अनुदान लिने किसानले ३५ प्रतिशत अनुदान फिर्ता गर्नुपर्ने प्रावधान विधेयकमा रहेको बताउँदै अनुदानमा पक्षपात हुन नदिन र न्याय प्रणाली लागू हुन पनि विधेयकले महत्व राख्ने धारणा राखे ।

सक्ने रु १० लाख नसक्ने रु १०

प्रदेशसभाको विभिन्न बैठकमा सदस्यहरूले उठाएको जिज्ञासामा सामाजिक विकासमन्त्री उषा कला राईले प्रदेशको प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने योजना आगाडि बढाएको बताइन् ।

उनले जिल्ला अस्पतालमा एचडियु, सघन उपचार केन्द्र र भेन्टिलेटरको सुविधा राख्न मन्त्रालयले आवश्यक योजना बनाइरहेको चर्चा गर्दै हिमाल क्षेत्रमा काम गर्ने चिकित्सकलाई ३५० प्रतिशत, पहाड क्षेत्रका लागि २५० प्रतिशत र तराई क्षेत्रमा काम गर्ने चिकित्सकालाई २०० प्रतिशत तलब वृद्धि गरेको जानकारी दिइन्।

उनले प्रदेश सरकारले प्रत्येक जिल्ला अस्पतालमा सुविधा सम्पन्न एम्बुलेन्स पनि दिने प्रबन्ध मिलाइरहेको बताउँदै गरिबको उपचारमा निर्माण गरिने कोषमा सक्नेले रु १० लाख र नसक्नेले रु १० मात्र सहयोग ग¥यो भने गरिब जनताको उपचारमा समस्या नहुने स्पष्ट पारिन् ।

शून्य समय

शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य बिमल कार्कीले उदयपुरको त्रियुगा नदीमा निर्माणधीन पुल बाढीले बगाएकाले छानबिन गर्न जाँच समिति बनाउनुपर्ने माग गरिन् । उनले शुरुको सम्झौतामा रु नौ करोड ७६ लाख लागतमा ३६ मिटर लम्बाइ र पाँच मिटर चौडाइको सो पुल निर्माण गर्न पाँच पटक म्याद थप गरेर अहिले रु ११ करोड २७ लागतमा निर्माण भएको ११ वटा सल्याबमा चार वटा बाढीले बगाएकाले प्रदेश सरकारले यसको छानबिन गर्नुपर्नेमा ध्यानाकर्षण गराइन् ।

अर्का सदस्य राधा थापाले विदेशबाट फर्किने युवालाई भन्सारमा रोक्ने गरेकाले यो कार्य तत्काल बन्द गर्नुपर्ने माग गरिन् । सदस्य लोकप्रसाद सङ्ग्रौलाले प्रदेशसभाले नाम, दाम र ठाम पनि नदिएको आरोप लगाउँदै आपत्ति जनाइन् । सदस्य सञ्जाकुमारी दनुवारले प्रदेशसभाको निर्माणाधीन भवन कहिलेसम्ममा सम्पन्न हुने हो प्रश्न गर्दै भवन प्रदेशसभा जस्तो नभएर कभर्ड हल जस्तो देखिएको टिप्पणी गरिन् । प्रदेशसभाको अर्को बैठक साउन २७ गते दिउँसो १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।